२४ जेष्ठ २०८२, शुक्रबार | June 6, 2025

माधव नेपालमाथि किन लाग्यो भ्रष्टाचारको मुद्दा


332
Shares

काठमाडौं, २२ जेठ । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि मुद्दा लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर गरेको हो । नेपाल प्रतिनिधि सभा सदस्य पनि हुन् र उनलाई निलम्बन गरिएको छ ।

पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । मुद्दा दायर भएकाहरुमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंहसहित ९३ जना छन् ।

तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह र भौतिकमन्त्री डम्बर श्रेष्ठमाथि पनि मुद्दा दायर भएको छ । मुद्दा दायर भएकाहरुमा तत्कालीन मुख्यसचिव माधव घिमिरे पनि छन् । उनी दिवंगत भइसकेकाले उनकी श्रीमती कमला घिमिरेमाथि मुद्दा दायर भएको छ ।

प्रतिक्रिया