२४ जेष्ठ २०८२, शुक्रबार | June 6, 2025

आलम सफाई प्रकरणमा कानूनमन्त्री चौरसियासहितको कल डिटेल छानबिन गर्न माग


1.3k
Shares

काठमाडौं, २१ जेठ । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाई दिने न्यायाधीशद्वय खुशी प्रसाद थारु र अर्जुन महर्जन र यसमा भित्री भूमिका खेलेको भन्दै कानूनमन्त्री अजय चौरसियामाथि छानबिन गर्न माग गरिएको छ । नेकपा एस समर्थित कानून व्यवसायीहरुको संगठन समाजवादी पेशागत कानून व्यवसायी संगठन पर्साले विज्ञप्तिमार्फत् यस्तो माग गरेको हो ।

विज्ञप्तिमा फैसला गर्ने न्यायाधीशहरु थारु र महर्जनका अलावा कानूनमन्त्री अजय कुमार चौरसिया र संलग्न अन्य कानून व्यवसायीहरुको समेत कल डिटेल अनुसन्धानको दायरामा ल्याउन माग गरिएको हो । संगठनका पर्सा सचिव हरिशंकर प्रसाद चौहानद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा फैसलाको दुई दिन अघि र पछिका कल डिटेल छानबिन गर्न माग गरिएको छ ।

कानूनमन्त्री अजय चौरसिया गत हप्ता नै वीरगञ्ज पुगेर मुद्दालाई प्रभावित पार्न सक्रिय भएको खुलासा नेपाली पेन डट कमले गरेको थियो । यो घटनाको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया