न्यायाधीशद्वय खुशी र अर्जुनको पद धरापमा

काठमाडौं, २१ जेठ । ईट्टाभट्टामा जिउँदै मान्छे हालेर हत्या गरेको अभियोगमा दोषी ठहर भइसकेका पूर्वमन्त्री मोहम्मद अफताब आलमसहितलाई निर्दोष ठहर गर्नेगरी फैसला उल्टाउने दुई न्यायाधीशको पद धरापमा परेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगञ्जका न्यायाधीशहरु डा. खुशी प्रसाद थारु र अर्जुन महर्जनको पद धरापमा परेको हो ।
दुवैका बारेमा न्यायपरिषदको बैठक बसी निर्णय हुने बुभिएको छ । न्यापरिषदमा उजूरी परेको अवस्थामा बुधबार विहान आकस्मिक बैठक डाकिएको छ । यसलाई निकै चासोका साथ हेरिएको छ ।
न्यायाधीशद्वय थारु र महर्जनले प्रमाण नपुगेको भन्दै यसअघि जिल्ला अदालत रौतहटको फैसला उल्टाएका थिए । यो घटनाको चौतर्फी आलोचना भयो ।
न्यायपरिषदमाथि न्यायाधीशद्वय थारु र महर्जनले गरेको फैसलाबारे छानबनि गरी निर्णय लिन दबाब बढेको थियो । विश्वस्त स्रोतका अनुसार सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले यो विषयमा गम्भीर चासो राखिन् । जसका कारण परिषदको बैठक डाक्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वाध्य भए ।