२१ जेष्ठ २०८२, मंगलबार | June 4, 2025

युक्रेनले खतरनाक हमला गरेपछि रुसले गर्नसक्छ विध्वंशकारी हमला


1.2k
Shares

एजेन्सी, १९ जेठ । युक्रेनले खतरनाक हमला गरेको छ रुसमाथि । ड्रोन हमला गरी सैन्य अखडामा क्षति पुर्याएको दाबी गरेको छ । हमलामा अरबौं डलरको सैन्य सामाग्रीमा क्षति पुर्याएको भनिएको छ ।

युक्रेनले गरेको हमला अहिलेसम्मकै ठूलोमध्येको एक हो । साइबेरियामा रहेको रुसी सैन्य अखडा पनि तारोमा परेका छन् । रुसले हमलालाई युक्रेनको अन्तिम ड्रोन परेड भनेको छ ।

रुस युक्रेनमाथि आक्रामक बनेको छ । ड्रोन अड्डाहरुमा मिसाइल हमला गरेको छ । उसले कुनैपनि बेला विध्वंशकारी आक्रमण गर्नसक्ने खतरा बढेको छ ।

सोमबार इस्तानपुलमा रुस र युक्रेनबीच युद्धविरामको विषयलाई लिएर अन्तिम चरणको वार्ता हुनुअघि हमला भएको हो । यसले नयाँ घटना विकास भएको छ ।
रुससँग आणविक हतियार छ । यसको प्रयोग गरेमा विश्वभर असर पर्न सक्छ ।-Photo Source: Sputnik

प्रतिक्रिया