२० जेष्ठ २०८२, सोमबार | June 3, 2025

‘अपरेशन सिन्दुर’ बाट भारतले के पायो के गुमायो


747
Shares

एजेन्सी, १८ जेठ । काश्मिरको पहलगाममा आतंकवादी हमलाको बदलामा भारतले पाकिस्तानमा रहेका उनीहरुको अखडामा हमला गरेको थियो । यसलाई अपरेशन सिन्दुर नाम दिइयो ।

भारतले आतंकवादीका नाइकेहरु लक्षित आक्रमणबाट सफलता हासिल गरेको तथ्यसहित उल्लेख गर्यो । आतंकवादी मारिए र उनीहरुका दर्जनौं अखडा ध्वस्त भए ।
हमलाका क्रममा भारतले केही लडाकु विमान गुमाएको स्वीकारेको छ । भारतका चिफ अफ डिफेन्स स्टाफका प्रमुख जनरल अनिल चौहानले लडाकु विमान गुमाएको स्वीकारेका छन् । उनले संख्या उल्लेख गरेनन् । तर, बाहिर हल्ला भएजस्तो फ्रान्समा बनेको राफेल लडाकु विमान नखसेको स्पष्ट पारे । पाकिस्तानले ६ वटा भारतको लडाकु विमान खसालेको र त्यसमध्ये एक राफेल रहेको दाबी गरेको थियो । त्यसलाई जनरले चौहानले निराधान भने ।

लडाकु विमान खसेपछि भारतले रणनीति बदलेर आक्रमण गरेको चौहानले बताए । त्यसपछि भारतले विना क्षति सफलता हासिल गरेको उनको भनाई छ ।

पाकिस्तानले क कस्को सैन्य सहयोग पाइरहेको तथ्य भारतले पत्ता लगायो । चीन र टर्कीको हतियार पाकिस्तानले प्रयोग गरेको खुल्यो । चीन पाकिस्तानको हतियार बजारमा आफ्नो प्रभुत्व बनाउन सफल भइसकेको देखियो । यसले पाकिस्तानलाई विगतमा निकै ठूलो सैन्य सहयोग गर्ने अमेरिका सतर्क बन्यो । त्यो भारतका लागि रणनीतिक लाभको विषय बन्यो ।

भारतले आफ्नो सैन्य क्षमता वृद्धिमा खर्च अझ बढाउने सम्भावना देखियो । उसले हतियारको विकासमा आफूलाई अझ सक्रिया बनाउने भयो ।

प्रतिक्रिया