२० जेष्ठ २०८२, सोमबार | June 2, 2025

नेपाल स्वतन्त्र नागरिक सञ्जालद्वारा वैकल्पिक राजनीतिक शक्तिको घोषणा


6.6k
Shares

काठमाडौं, १७ जेठ । नेपाल स्वतन्त्र नागरिक सञ्जालले वैकल्पिक राजनीतिक शक्तिको घोषणा गरेको छ । शनिबार मनोहरा फाँटस्थित विजय पार्टी प्यालेसमा घोषणा सभा तथा पत्रकार सम्मेलन गरी सञ्जालका संयोजक दिनेश सुवेदीले यसबारे जानकारी दिए ।

सुवेदीले देशमा गणतन्त्रवादी र राजावादीको दुवै धारहरु विगत र वर्तमानमा असफलसिद्ध भइसकेकाले तेस्रो धारको आवश्यकता जनताले महशुश गरिसकेको बताए । उनले तेस्रो धारका रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था, दलविहिन स्वतन्त्र स्थानीय तहसहित १३ बुँदे राजनीतिक दर्शन, नीति तथा सिद्धान्त सार्वजनिक गरेका छन् ।

सञ्जालले संघीयताको खारेजी, डिजिटल मुद्रा कायम, सार्वजनिक संवैधानिक निकायहरुमा लोकसेवाबाट नियुक्तिको व्यवस्था, अनुत्पादक श्रमबाट महिला मुक्तिलगायतका एजेन्डा समेत प्रस्तुत गरेको छ ।

सञ्जालका सहसंयोजक सुमन केसीले वैकल्पिक राजनीतिक शक्ति नै भविष्यको सशक्त शक्ति हुने बताए । उनले देशले विकल्प खोजिसकेको र त्यो स्वतन्त्र नागरिक सञ्जाल बन्दै गएको बताए ।

घोषणा सभामा समाजका गन्यमान्य, विद्धान, प्रभावशाली व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया