टिकट रोक्ने मञ्जु खाँडबारे बर्दिवासका मेयर प्रल्हाद क्षेत्रीले भनेः उहाँ हाम्रो नेता हो सहयोग गर्छु (भिडियोसहित)

सर्लाही, १७ जेठ । बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री नेपाली काँग्रेसमा थिए । गएको स्थानीय चुनावमा उनी काँग्रेसको टिकटबाट बिमुख भए । उनी स्वतन्त्र उम्मेदवार बनेर चुनाव जिते ।
क्षेत्री लोकप्रीय हुँदाहुँदै टिकटबाट वञ्चित हुनुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड कारण रहेको चर्चा चल्यो । मञ्जुले टिकट रोकेपनि प्रल्हादले भने आफूले सधै सम्मान गर्ने बताए ।
भविष्यमा खाँडलाई नेता बनाउन सहयोग गर्ने र आफूले विगतको विषय बिर्सिएको बताए । उनले खाँडले असहयोग गर्नुलाई स्वाभाविक भन्दै आफूले सधै सहयोग गर्ने बताए ।