१८ जेष्ठ २०८२, शनिबार | May 31, 2025

बर्दिवासको शान पन्चधुरा माई टुटेश्वर महादेव मन्दिरको विकासमा जुटे मेयर प्रल्हाद क्षेत्री (भिडियो)


166
Shares

बर्दिवास, १६ जेठ । यो हो बर्दिवासको पन्चधुरा माई र टुटेश्वर महादेव मन्दिर । धार्मिक पर्यटकको महत्व बोकेको मन्दिर क्षेत्रकै विकासमा जुटेका छन् बर्दिवासका मेयर प्रल्हाद क्षेत्री ।

नगरपालिकालाई चिनाउने मन्दिरमा लाखौं भक्तजन आउने गरेका छन् । साउनमा पन्चधुरा माईमा ठूलो मेला लाग्ने गरेको छ ।

मेयर क्षेत्रीले साउनमा टुटेश्वर महादेव मन्दिरमा ४ लाखसम्म भक्तजन आउने गरेको सुनाए । भक्तजनहरु धेरैजसो भारतबाट आउने गरेको जानकारी गराए ।

पन्चधुरा र टुटेश्वरको महिमा ठूलो भएकोले यस क्षेत्रको व्यवस्थापन र विकासमा नगरपालिका लागिपरेको क्षेत्रीले बताए । मेयरको स्तरोन्नतिमा नगरपालिकाले डीपीआर नै बनाएर काम गरिरहेको बताए ।

प्रतिक्रिया