पाकिस्तानको वार्ता प्रस्तावमा भारतको शर्त

एजेन्सी, १६ जेठ । भारतले पाकिस्तानको वार्ता प्रस्तावमा शर्त अघि सारेको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले वार्ता आतंकवादको विषयमा मात्र हुने शर्त स्पष्ट पारेका हुन् ।
‘आतंकवाद र वार्तासँगै चल्न सक्दैन,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘अब पाकिस्तानसँगको वार्ता हामीले केही वर्ष अघि दिएको आतंककारीहरुको सूची हामीलाई हस्तान्तरण गर्ने विषयमा हुनेछ ।’
जम्मू काश्मिरको पाकिस्तानले अवैध रुपमा कब्जा गरेको क्षेत्र खाली गर्ने विषयमा मात्र द्विपक्षीय वार्ता हुने स्पष्ट पारे ।
अजरबैजानमा पुगेका पाकिस्तानी प्रधानमन्त्री सहवाज शरिफले सम्बोधनका क्रममा शान्ति वार्ताको प्रस्ताव गरेका थिए । यसबारे भारतले बिहिबार प्रतिक्रिया दिदै सशर्त वार्ता हुने बताएको हो ।