कस्तो रह्यो राजावादीको शक्ति प्रदर्शन

काठमाडौं, १५ जेठ । राजावादीको शक्ति प्रदर्शन देखियो राजधानीमा । रत्नपार्कमा देखिएको शक्ति प्रदर्शनमा हजारौं सहभागी भए ।
विभिन्न चोकबाट राजावादी रत्नपार्क पुगे । सुरक्षा निकायले राजावादीको जुलुसमा सहभागी संख्याको आँकडा निकालिरहेको बुझिएको छ ।
राजावादी दल राप्रपा, राप्रपा नेपाल, केशरबहादुर बिष्ट समूहका अलावा विभिन्न संस्था आन्दोलनमा सहभागी भए । दुर्गा प्रसाई नेतृत्वको समूह भने सहभागी भएन ।
राजावादी नेता नवराज सुवेदी नेतृत्वको आन्दोलन कमिटी बनाएर अनिश्चितकालिन आन्दोलन घोषणा भएको हो ।