कम्युनिस्ट कनेक्शन भएका चिनियाँको अमेरिकी भीसा रद्द हुने

एजेन्सी, १५ जेठ । के तपाईँ कम्युनिस्ट पार्टीसँग आवद्ध या कनेक्शनमा हुनुहुन्छ ? यति हो भने तपाईँले भीसा पाउन कठिन छ । अमेरिकाले कम्युनिस्ट पार्टीमा आवद्ध या कनेक्शन भएकाको भीसामा कडाईको नीति लिएको छ ।
भीसामा कडाईमा पर्नेहरुमा उदारवादका नाममा गतिविधिमा संलग्न भएकाहरु पनि पर्दैछन् । उग्रपन्थीहरु पनि भीसामा चिनियाँहरुलाई त कम्युनिस्ट पार्टीसँग कनेक्शन भएको पत्ता लागेमा भीसा दिने त परै जाओस् पाएको छ भने पनि रद्द गर्ने नीति अमेरिकाले लिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्वीट गर्दै चिनियाँ कम्युनिस्ट पार्टीसँग कनेक्शन भएका चिनियाँ विद्यार्थीको भीसा नै रद्द गर्न सुरु हुने लेखेका छन् ।