ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जेल परेका पूर्वमन्त्री आलमलाई सफाई दिएपछि…

काठमाडौं, १४ जेठ । रौतहटमा २०६४ को संविधानसभाको चुनावताका ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जेल परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाई दिएको छ । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलाशले जिल्ला अदालतको फैसला उल्टाउँदै सफाई दिएको हो ।
आलमसहितका व्यक्तिहरुले चुनावताका गोठमा सकेट बममा बिडी परेर बिष्फोट हुँदा घाइतेहरुलाई जिउँदै ईट्टाभट्टामा हालेको अभियोगमा फैसला भएको थियो । यो घटनामा नेपाल र भारतका केही नागरिक वेपत्ता पारिएका थिए । आमलका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहितका घाइतेहरुलाई जिउँदै जलाइएको थियो ।
राजनीतिक शक्तिका आँडमा उन्मुक्ति पाएका आलम घटनाको १२ वर्षपछि १९ असोज २०७६ मा पक्राउ परेका थिए । यसअघि रौतहटका जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलाशले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । यो घटनामा दोषी ठहराइँदा अफतावका भाई मोहम्मद मोहताब आलमका अलावा सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको जाय सुनाइएको थियो ।
उच्च अदालतले फैसला उल्टाएको घटनाले तरंग आएको छ ।