रवि लामिछाने रिहा भएनन्, सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरणको आदेश अस्वीकार

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा नहुने भएका छन् । उनको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेपछि थुनामै रहने भएका हुन् ।
शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आदेश जारी गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको इजलासले गरेको निर्णय कानूनसम्मत भएको उल्लेख गर्दै उल्टाउन अस्वीकार गरेको हो ।
लामिछानेकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाई गर्दै अदालतले आदेश दिएको हो ।
रविमाथि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश जारी गरेपछि उनी रुपन्देही कारागारमा छन् ।-File Photo