राजा फर्काउने आन्दोलनमा सहकार्यका लागि रास्वपालाई नवराजको पत्र

काठमाडौं, ७ जेठ । राजसंस्था फर्काउने आन्दोलनमा सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नवराज सुवेदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितिले पत्र लेखेको छ । ६ जेठमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सुवेदीले पत्र लेखेका हुन् ।
पत्रमा आन्दोलनमा सहकार्यको प्रस्ताव गरिएको छ । १५ जेठदेखि संवैधानिक राजसंस्था,सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि समितिले देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
पत्रमा राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरु दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनेको भन्दै वर्तमान व्यवस्था परिवर्तन गर्नु अनिवार्य भएको जिकिर गरिएको छ ।