हात्ती दह लाहानमा पर्यटकको ओइरो

काठमाडौं, २ जेठ । यो हो सिराहाको लाहानस्थित हात्ति दह । प्राकृतिक सुन्दरताले भरिपूण यहाँ जँगली जनावर हेर्न पाइन्छ ।
जँगली जनावरको उद्धार गरी सेवा गर्ने हात्ति दहमा मानिसहरु उल्लेख्य संख्यामा पुग्ने गरेका छन् । जँगली जनावर हेर्नका लागि बालबालिका बढी पुग्ने गरेका छन् । हात्ति दलमा पर्यटकहरुले डुँगाको मनोरन्जन लिने गरेका छन् ।
शान्त वातावरण भएकाले पर्यटकहरु बढ्न थालेका छन् । भालु, मयुर, नील गाई, चराहरु पनि देख्न पाइन्छ ।
जीवजन्तुको उपचार, जँगली जनावरको उद्धार गर्ने पनि गरिएको हात्ति दल पर्यटक क्षेत्रका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए । उनले यो क्षेत्रको विकास अझ द्रुत गतिमा भइरहेकोले पर्यटकको आकर्षण बढेको बताए ।