१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

पहलगाम घटना, युद्ध अनि युद्धविराम


664
Shares

श्याम खनालः पहलगामजस्तो घटना भारत या विश्वकै जुनसुकै कुनामा पनि अत्यन्तै निन्दनीय विषय हो । पर्यटकीय स्थानमा २२ अप्रिलका दिन भएको आतङ्कवादी हमलामा २८ जनाको मृत्यु भयो भने २० जना भन्दा बढी घाइते भए । साह्रै हृदयविदारक विभत्स हत्या हुनु मानवीय चेतना भएकाहरूलाई अत्यन्तै दुःखद त हो नै त्यसमा पनि अझ चराचर जगत्‌कै कल्याण गर्ने हिन्दु धर्मका अनुयायीहरूलाई नै खोजी खोजी गरिएको हत्यालाई कुनै पनि विशेषणले निन्दा गरे पनि अपुग नै हुन्छ ।

१) इतिहास जम्मु काश्मिरको
प्राचीन कालदेखि नै हिन्दुहरूको वासस्थानको रूपमा रहेको जम्मु काश्मिर अत्यत्नै सुरम्य स्थान हो । यहाँ अफगानी शासक मुहम्मद गजनीका समयदेखि भने विस्तारै मुसलमानको प्रवेश भएको देखिन्छ । सन् १३२० मा लद्दाखबाट आन्तरिक कलहका कारणले भागेर काश्मिर छिरेका ल्हाचान गुआल्बु रिञ्चनले काश्मिरका तात्कालिक राजाको हत्या गरी जम्मु काश्मिरको शासक बने । बौद्ध धर्मका अनुयायी रिञ्चनले काश्मिरमा रहेको राजकीय हिन्दु धर्मको अनुयायी बन्ने इच्छा त गरेका थिए तर काश्मिरी पण्डितहरूले उनले गरेको कुकर्मका कारणले हिन्दू बन्नका लागि अनुमति दिएनन् । त्यसपछि उनले इस्लाम धर्ममा प्रवेश गरी आफ्नो नाम सद्रुद्दिन राखे । हिन्दु बन्न नपाएका सद्रुदिनले यसपछि भने इस्लाम धर्मको व्यापक विस्तार गरे । अफगानी शाषक गजनीले गरेको इस्लामीकरणको अभियानले यिनका पालामा राम्रैसँग मौलाउने अवसर पायो । केही समय यिनैका सन्तानहरूले गरे । त्यसपछि अफगानी मुसलमानहरूको यस क्षेत्रमा शासन भएको देखिन्छ । अफगानीहरूको शासनलाई पनि परास्त गरी जम्मु काश्मिरमा पञ्जावका राजा रणजित सिंहले राज्य गरे । कालान्तरमा यी शिखहरू पनि अङ्ग्रेजहरूसँग पराजित भएपछि अंग्रेजहरूले शासन गरे । यसपछि भने यहाँको शासन काश्मिरका अन्तिम राजा डोग्रावंशीय हरि सिंहका पूर्खाहरूमा आयो । डोग्रा वंशका प्रथम राजा गुलाब सिंहले जम्मु काश्मिरलाई लडेर जितेको नभई अङ्ग्रेजहरूसँग त्यतिखेरको चलनचल्तीको ७५ लाख नानकशाही रुपियाँमा खरिद गरेका हुन् ।

२) हिन्दू भूमि जम्मु काश्मिर स् नेपालमा अनर्गल प्रचार
गुलाब सिंहले शासनसत्ता सम्हाले तापनि यहाँका अधिकांश जनता त्रासदीका कारणले मुसलमान धर्म अंगाल्न बाध्य हुन पुगे । यसैले त्यहाँका हिन्दूहरूलाई जबर्जस्ती मुसलमान बनाइए । अतः यो क्षेत्र अहिलेको परिप्रेक्ष्यमा मुसलमानहरूको पनि क्षेत्र त हो तर यहाँका आदिवासीहरू भने हिन्दूहरू नै हुन् अरू होइनन् । यस विषयका बारेमा नेपालमा केही अफवाह फैलाउने प्रयास निरन्तर रूपमा भइरहेको देखिन्छ । अर्थात् यस प्रदेशलाई भारतले हठात् लिएर त्यहाँका मुसलमानहरूलाई दुःख दिने गरेको छ । धारा ३७० र ३५’ए’ खारेज गरिनु त्यहाँका काश्मिरी मुसलमानहरूलाई शासन गर्ने अराजक र अमानवीय शैली हो भन्ने खालका असत्य खालका समाचारहरू फैलाउने प्रयास हाम्रो देशमा भइरहेको हुन्छ । यस किसिमका समाचार अरूले फैलाउनुलाई त खासै अचम्मको विषय मानिँदैन तर नेपालमा हिन्दूकै नाममा सानातिना झुण्डहरू बनाएकाहरूले पनि यस किसिमका कुरा राख्नु अत्यन्तै गम्भीर विषय हो । तर काश्मिरका विषयमा लेखिने त्यस किसिमका असत्य विषयहरू वास्तवमा त्यस किसिमका हुँदै होइनन् भन्ने विषय जम्मु काश्मिरको वास्तविक इतिहास पढेमा स्पष्ट नै भइन्छ ।

३) भारतले यसरी बचायो
जम्मु काश्मिरका अन्तिम राजा डोग्रा राजवंशीय हरि सिंह हुन् । जम्मु काश्मिरमा यस राजवंशले सन् १८४६ देखि शासन गर्दै आएको देखिन्छ । झण्डै १०० वर्ष शासन गरेको राजवंश भारत स्वतन्त्र भएपछि र भारत र पाकिस्तान छुट्टिसकेपछि पनि स्वतन्त्र नै रहेको थियो । बहुमत जनता मुसलमान भइसकेको जम्मु काश्मिरलाई भारतले स्वतन्त्र रहन्छ भने ठिकै छ भनेरै खासै ध्यान पनि दिएको थिएन । तर पाकिस्तानले भने यसलाई आफ्नो बनाउने योजनामा लाग्यो । मुसलमानहरूको अझै धेरै प्रवेश गराएर कब्जा गर्ने उद्देश्यमा रहेको पाकिस्तानले धेरै पटक उसमाथि आक्रमण पनि गर्यो । सके आक्रमण गरेर खाने नभए आफ्ना नागरिक प्रवेश गराएर बहुमत गराउने र त्यहाँ जनमत गराई आफ्नो गराउने उद्देश्यमा पाकिस्तान लागि रह्यो । हरि सिंहले बेलैमा बुद्धि नपुर्याउँदा काश्मिरको अधिकांश भाग पाकिस्तानले आफ्नो बनायो । तर अन्तिम अवस्थामा भारतको शरणमा आएका हरि सिंहले धारा ३७० र ३५ ‘ए’ सहित काश्मिरलाई भारतमा विलय गराए । अन्तिम अवस्थामा भए पनि यो उनले जम्मु काश्मिरका लागि ठिक निर्णय गराएका थिए ।

४) धारा ३७० र ३५’ए’ खारेजी स् भारतका लागि बाध्यात्मक
धारा ३७० ले जम्मु काश्मिरका लागि छुट्टै संविधानको निर्माण गरेको थियो भने धारा ३५’ए’ ले जम्मु काश्मिरमा त्यहाँका आदिवासीले बाहेक भारतकै पनि अन्य प्रदेशमा बस्नेले जग्गा जमिन खरीद गर्न नपाउने भन्ने विषयलाई सम्बोधन गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई आफुसँग मिलाउने समयमा त्यहाँका आदिवासीहरूलाई पछि पनि आफ्नो पन सुरक्षित राख्नका लागि अवसर प्रदान गरेको थियो । हिन्दुहरूलाई संगठित हुने अवसर प्रदान गरेको थियो । तर भारत सरकारले सोँचेजस्तो अवस्था त्यहाँ हुन सकेन । पाकिस्तानीहरूको घुसपैठ भई भारतलाई सुरक्षाको दृष्टिकोणले झनै अप्ठ्यारो अवस्थामा लैजान सक्ने देखियो । दैनिक जसो त्यहाँका नागरिकमाथि आक्रमण, जम्मु काश्मिरको अस्तित्व सुरक्षित गरिदिएको भारतीय सेनाका प्रति नराम्रो पन, सन् १९९० मा त्यहाँका काश्मिरी पण्डितहरूको विभत्स हत्या एवम् लखेटाई इत्यादि कारणले धारा ३७० र ३५’ए’ द्वारा विशेषाधिकार दिनु सुरक्षा एवम् देशहितका कारणले उचित नरहेकाले ती धाराहरूलाई संसदमार्फत् खारेज गरिएको हो । पाकिस्तानीरूको जनसङ्ख्या बृद्धि गराई पाकिस्तानतिर लगेर गाभ्ने या आफै त्यहाँको शासक भएर जनतालाई दुःख दिइरहने नियत भएकाहरूलाई यसले ठूलै अवरोध सिर्जना गर्यो नै । अतः भारतीय संसदद्वारा गरिएको यो काम अत्यन्त उचित भएको काश्मिरमा बस्ने आदिवासी हिन्दुहरूले त बताउने नै भए त्यहाँका सही मुसलमानहरूले पनि यस कामबाट आफुहरू अत्यन्तै हर्सित भएको बताउने गरेका छन् ।

५) पहलगाम घटना: निन्दनीय दानवीय आतङ्क
जम्मु काश्मिरमा परापूर्वकालदेखि हिन्दूहरूलाई त्यहाँका आतङ्की समूहले दुःख दिइरहेकै छन् । त्यहाँ विशेष गरेर धारा ३७० र धारा ३५’ए’ को खारेजीभन्दा पहिले त सञ्चारमाध्यम र सर्वसाधारणले थाहा नपाउने गरी नै दिनप्रतिदिन आक्रमण भइरहेका हुन्थे । तर यी धाराहरूको खारजीपछि भने त्यहाँ हुने आतङ्कवादी हमलामा धेरै हदमा कमी आएको थियो । सैनिकहरूलाई ताकेर ठूलै आक्रमण गरे तापनि आतङ्कवादीहरूले सर्वसाधारणलाई हमला गरेका भने थिएनन् । तर गएको अप्रिल २२ तारिख मानवीय दृष्टिकोणले अत्यन्तै क्रूर दिन हुन पुग्यो । धर्मका आधारमा २७ जनाको विभत्स हत्या गरियो भने एकजना त्यहीँका स्थानीय मुसलमानलाई पनि प्रतिकार गर्दा आतङ्कीहरूले हत्या गरे । यस घटनाबाट नेपाली नागरिक सुदीप न्यौपानेले पनि ज्यानको आहुती दिन पर्यो । हिन्दु भएकाले नै आतङ्कीको सिकार हुने पुगे । इराक, अफगान आदि देशमा हिन्दू भएकाले नै विभत्स हत्याको सिकार हुन पुगेका नेपालीहरूका बारेमा नेपालले कडा वाक्प्रतिकार र कार्यप्रतिकार गर्न नसक्दा यस किसिमको दानवीय घटना पुनः दोहोरिन पुग्यो । यस्तै किसिमका मुसलमानका नाममा भएका आतङ्कवादी हमलाले गर्दा मुसलमानहरूलाई आतङ्कवादसँग जोड्ने गरिएको छ । तर निराकार ईश्वरलाई अल्लाहका रूपमा मान्दै आएका अधिकांश मुसलमान सरिफ नै छन् । यस किसिमका घटनाहरूको सरिफ मुसलमानहरूले जोडदार तरिकाले विरोध गर्दै भारतले यसको जवाफ तुरुन्त दिनुपर्ने बताएका छन् ।

६) नेपाली मुसलमान पनि सचेत होऔ
संसारका विभिन्न स्थानमा मुसलमानका नामले आक्रमण भइरहेको छ । तर उनीहरूले आफुहरूलाई मुसलमान माने पनि उनीहरू मुसलमान पक्कै होइनन् । हिन्दूमा घुसेको रामपाल जस्तै हुन् । सच्चा मुसलमानले सबैलाई दयाको दृष्टिकोणले देख्छ । ईश्वरको अर्थात् अल्लाहको नियमले चल्दछ । अल्लाहलाई नमान्ने काफिर हुन् भनी कुरानमा लेखिएकोको अर्थ जुनसुकै मार्गलाई अपनाएर भए पनि ईश्वरलाई नमान्ने काफिर हुन् नास्तिक हुन् भनेको हो । जुनसुकै नामले ईश्वरको आराधना गरे पनि हुन्छ भन्ने असली मुसलमानको भनाई रहेको छ । स्थान विशेषका नास्तिक रूपले खाइसार र लाइसार जीवन विताएका मानिसहरूलाई ईश्वरकै दुतका रूपमा आएका पैगम्बर मुहम्मदले सनातन परम्पराअनुसारको निराकार पद्धतिलाई बताउँदै स्थानीय भाषामा ईश्वरको प्रयायवाची शब्द अल्लाहलाई मान्ने पद्धति बसाएका हुन् भन्ने स्पष्ट नै छ । मुसलमान विद्वान् अरिफ मोहम्मद खानले कुरानमा नभएका कुराहरू पनि थपथाप गरेर आतङ्क फैलाउने मुसलमान नभएर ती वास्तविक काफिर हुन् भनेका छन् । यसै सिलसिलामा नेपालमा परापूर्वकालदेखि रहिआएका मिया मुसलमानहरू मध्ये अधिकांशलाई त यो विषय थाहा नै छ । उनीहरू यस किसिमका आतङ्कवादबाट टाढा रहँदै नेपालमा असली मुसलमानको परिचय दिइरहेकै छन् । तर उनीहरूलाई उचालेर यहाँ आतङ्क फैलाउने योजनाकारहरू जो २०६२९६३ पछि नेपालमा सक्रिय छन् उनीहरूबाट नेपाली मिया मुसलमान सधैँ सचेत हुन पर्ने समय आएको छ । भरखरै मात्र विरगञ्जमा भएको घटना लगभग काश्मिरी अवस्था ल्याउनेहरूकै षडयन्त्र थियो । पारिपट्टि यिनैहरूलाई सपोर्ट गर्नेहरूको नेतृत्व भएको भए विरगञ्जमा हिन्दूहरूको रगतको खोलो नै बगाउने योजनाका बारेमा जानकारहरूले बताउँदै आएका छन् । अतः असली मुसलमानको बदनाम गराएर विश्वमा हुने गरेका यस किसिमका घटनाबाट टाढा रहँदै नेपाली मिया मुसलमानहरूले पनि ती विषयहरूको घोर भर्त्सना गर्नुपर्ने देखिन्छ । यसो नगरेमा यो देश नेपाल पनि पहिले हिन्दू मुसलमान अनि पछि सिया सुन्नीहरूको रणभूमि बन्न सक्ने अवस्था आउने आँकलन रहीआएको छ ।

७) नेपालमा किन हुन्छ भारतको विरोध
नेपाल पुरातन समयदेखि नै सनातन हिन्दूभूमि हो । हिन्दूत्व भनेको मानवता हो । मानवतासँग जोडिएको यो भूमि वैदिक, बौद्ध, किराँत आदि सनातन धर्मावलम्बीहरूको तपोभूमि हो । त्यतिमात्र नभएर यहाँ हामीले विदेशी भूमिबाट ल्याइएका मुसलमानहरूलाई पनि अतिथिकै रूपमा सम्मानपूर्वक राखिएको छ भने स्वधर्म र स्वसंस्कार बदल्न एवम् बदलाउन नचाहने क्रिश्चियनहरू पनि यहाँ सुरक्षित नै छन् । नेपालमा नजानिँदो तरिकाले एउटा समस्या हालमा देखिएको छ । त्यो के हो भने ९ हो परापूर्वकालमा विश्व एक थियो । धर्मले चलेको विश्वमा कुनै पनि दण्डनायक९राष्ट्रप्रमुख०को आवश्यकता नै थिएन । ईश्वरीय नियमअनुसार सबै चलेको थियो । तर विस्तारै विस्तारै विश्व टुक्रँदै जान थाल्यो । विश्वमा विभिन्न देशहरूको निर्माण हुन थाल्यो । नेपाल, भारत आदि देशहरू स्वतन्त्र रूपले बने । फेरि कालान्तरमा विभाजित हुन पुगे । जमिन कहिले कताको हुन पुग्यो भने कहिले कताको । यस्तै सामान्य हिसाबले चल्दै गर्दा पुनः कुनै बेला एकीकृत पनि हुन पुगे । नेपालमा कम्युनिष्ट र अन्य राजनीतिक दलका नाममा क्रिश्चियनीकरणका लागि हिन्दूहरूको विरोध त भइरहेकै हो । तर हिन्दूत्वका नाममा नै भारतका विरुद्ध बोल्नु नै आफ्नो हिन्दुत्वको पहिचान भएको मान्दै आएकाहरूको हिन्दूविरोध दोकान बुझिनसक्नु नै छ । भारतले धेरै संयमका साथ केही उपाय नलागेपछि धेरै ढिलो गरी सुरु गरेको आतङ्कवादको हमलालाई पनि पाकिस्तान र भारतमा लगेर जोडी यहाँ भारतविरोधि दोकानलाई झारपात सरी फैलाउने प्रयास जारी राखिएको छ । तर यो काम नेपालका लागि अत्यन्तै घातक रहेको छ । त्यस्तै नेपालमा रहेर हिन्दुत्व या अरु नै रूपमा पनि चीनविरोधि कार्य गर्ने केहीको प्रयास पनि नेपालका लागि उत्तिकै घातक हो । अमेरिकासँगको कुटनीतिक सम्बन्ध र पाकिस्तानको साथ रहेको पुरानो चीनको नीतिलाई लिएर हाम्रा मित्र भारतीयहरूले प्रयोग गर्ने गरेको कुटनीतिक गालीको भाषा नबुझीकनै चीनलाई गाली गर्नु पनि हाम्रा लागि गलत नै हो । यी भारतवर्ष र किन्नरवर्षका पुण्य भूमिहरूलाई मिलाएर लैजानु नै हाम्रो कर्तव्य हुन आउँछ ।

८) भारतीय आक्रमण पाकिस्तानका विरुद्ध नभई आतङ्कवादका विरुद्ध
सीमापारीबाट हुने विभिन्न आतङ्कवादसँग लड्दै आएको भारतमा पछिल्लोपटक भएको घटनाका बारेमा त माथि बताइएकै छ । यस किसिमको धर्मका नाममा भएको आतङ्कवादी आक्रमणबाट भएको विभत्स हत्याबाट एकजना नेपाल आमाका सपुतले पनि ज्यान गुमाउनु पर्यो । यसरी आक्रमण हुनुको कारण भनेको पाकिस्तानबाट घुसपैठ गरी आएकाहरूलाई सीमामा निगरानी नगर्नु नै हो । त्यसैले भारतले पाकिस्तानलाई सधै यही कुरामा जोड दिँदै रोक्नका लागि आग्रह गर्दै आइरहेको थियो । केही समय अघिसम्म भएका ठूल९ठूला आक्रमणबाट पनि भारत संयमित नै भई बसेको थियो । तर संसारका मानवजातिलाई नै आङ् सिरिङ्ग पार्ने गरी भएको घटनाबाट भारत संयमित हुनै सकेन । तर पनि घटना भएको केही समयसम्म त पाकिस्तानसँग आतङ्कवादीलाई मार्नका लागि संयुक्त शैन्य कार्यवाही गर्नका लागि आग्रह गरेकै हो । तर पाकिस्तानले यस विषयमा कानमा तेल हालेर बसेकाले भारतले आक्रमण गर्न बाध्य भयो । नरेन्द्र मोदी युद्धप्रेमी हुँदै होइनन् तर यो उनीमाथि बाध्यता आइलागेको थियो । उनको पाकिस्तानका निहत्था नागरिकको हत्या गर्ने योजना छँदै थिएन । त्यसैले पनि अहिले युद्धविरामको कुरा पनि आइसकेको छ । जसरी भए पनि विश्वबाटै मानवताविरोधि आतङ्कवादको अन्त्य होस् यस किसिमका युद्ध हुन नदिनका लागि पाकिस्तानले सधै सकारात्मक भूमिका निर्वाह गरोस् ।

९) निष्कर्ष: युद्धविराम सकारात्मक कदम
सनातन वैदिक शिवभूमि जम्मु काश्मिरका विषयमा स्वदेशी विद्वान् इतिहासकारहरू जसले धर्म सम्झेर कसैको पनि नून नखाई लेखेका छन् त्यस्ताका इतिहासका सामग्रीहरू पढेर मात्र आफ्नो धारणा राखौँ । विदेशीहरूले एवम् विदेशीहरूको जुठो खाएकाहरूका बोलीमा नफसौँ । ठ्याक्कै काश्मिरको इतिहास नेपालमा पनि हुनसक्ने अवस्था आएको कुरा भरखर मात्र विरगञ्जमा घटेको घटनाले देखाइसकेको छ । काश्मिरी फाइल्स जस्तो सत्य घटनामा आधारित फिल्मलाई त यहाँ कपोलकल्पित भनेर दोकान गर्नेहरू राष्ट्रवादी भएर रहेका छन् । उनीहरूको गतिलरी पहिचान गरी उनीहरूका शब्दहरूको मायाजालमा नफसौँ । २०६२ पछि नागरिकता विधेयक पास गराई यहाँका नेपाली सनातनी मधेसीहरूलाई नागरिकता दिने नाममा बंगलादेशी, रोहिंग्या र पाकिस्तानीहरूलाई नागरिकता दिई यहाँका पुराना मुसलमान, मिया र मधेसीहरूको अधिकार वञ्चित गर्नेहरूले यहाँ मान्छेलाई विभत्स तरिकाले चिर्ने दानवहरूको पक्षमा बोलिरहेका छन् । उनीहरू कोही राष्ट्रवादको भेषमा, कोही हिन्दुहरूकै भेषमा त कोही प्राकृतिक पूजकका रूपमा पनि रहेका छन् भने कोही राजावादी त कोही मारकसवादी र समाजवादी नेताहरूकै रूपमा पनि रहेका छन् । देशमा यसरी धर्मपरिवर्तन गराएर डामाडोल पारिरहँदा बोली नफुटाउने अनि आतङ्कवादको पक्षमा भने ठूलो स्वरले कराउन पछि नपर्नेहरू हाम्रो देशका प्रियपात्र त हुँदै होइनन् । आतङ्कवादको पक्ष लिएर बोल्ने उनीहरू कुनै पनि देशका लागि पनि घातक नै हुन्, प्रिय हुँदै होइनन् । निष्कर्ष र सूत्रात्मक रूपमा भन्नुपर्दा ९ आफ्ना बुबाको स्वास्थ्योपचारका लागि प्रयोग गरिएको औषधीमा रक्सी मिसिएको छ खुवाउन हुन्न भनी बुबाका पक्षमा लागेको जस्तो गरेर बुबाको हत्या गर्ने हत्याराहरू हुन् । आतङ्कवाद बाहेक सबैको जय होस् । सत्यमेव जयते ।

प्रतिक्रिया