१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

विश्वकै ‘गरिब राष्ट्रपति’ को परिचय बनाएका मुहिकाको निधन


415
Shares

एजेन्सी, ३१ जेठ । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका पदमा हुँदा होस् या नहुँदा लोकप्रीय रहे । सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति बनेका मुहिकाको जीवन सरल थियो । उनी राष्ट्रपति हुँदा पनि कृषिकार्य गर्दथे ।

मुहिकाको नाममा थोरै सम्पत्ति थियो । राष्ट्रपति भएपछि पनि दुई कोठे घरमा बसे । खेतीपानी गरे । आफ्नो काम आफै गर्दथे । पारिश्रमिकको ९० प्रतिशत हिस्सा दान दिइरहे ।

मुहिका विश्वकै गरिब राष्ट्रपतिका रुपमा लोकप्रीय रहे । उनीबारे विश्वभर ध्यान मात्र गएन वाही वाही गरे । उनै मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।

पपे नामले चिनिने मुहिकाको गएराति निधन भएको हो । आन्द्राको क्यान्सर भएका उनको त्यही रोगले निधन भएको जनाइएको छ ।

प्रतिक्रिया