यी हुन् भारत लक्षित मुख्य आतंकवादी संगठन र तिनका नाइके

एजेन्सी, ३० वैशाख । भारत आतंकवादको तारोमा पर्दै आएको छ । भारतले आतंकवादी हमलाको चुनौती झेल्ने क्रममा बम हमला देखि विमान अपहरणसम्म भोगेको छ । विशेषगरी पाकिस्तानमा अखडा जमाएर बसेका आतंकवादीको तारोमा छ भारत ।
१. हिजबुल मुजाहिदीन
स्थापना: १९८९ मा
संस्थापक अध्यक्ष: मुहम्मद अशनदर
हाल : सैयद सलाहुद्दीन।
नागरिकता: पाकिस्तान।
मुख्यालय: पाकिस्तानको मुजफ्फराबाद।
सम्बद्धता: पाकिस्तानको Inter-Services Intelligence (ISI) र Jamaat-e-Islami सँग निकट सम्बन्ध।
उद्देश्य: पहिलो चरण कश्मीर आजाद गर्ने र यो काम भारतमाथि “इस्लामी शासन ल्याउने पवित्र युद्ध (Jihad)” को एक हिस्सा रहेकोे
२. लश्कर-ए-तैयबा
संस्थापक अध्यक्ष : हाफिज मोहम्मद सईद
नागरिकता – पाकिस्तान
स्थापना: १९९० को दशकमा
उद्देश्य: यसको घोषणापत्रमा “गजवा-ए-हिन्द” (भारतको इस्लामी विजय) को उल्लेख छ।
नक्शाहरूमा उत्तर भारत, दिल्लीसम्म लशकरको शासनको कल्पना गरिएको छ। पहिलो काम कश्मीरलाई भारतबाट छुट्याउने। दीर्घकालीन योजना भारतमा पनि इस्लाम शासन अन्तर्गत ल्याउने।
चर्चित हमला: २६/११ मुम्बई हमला (२००८)
मुख्यालय: पाकिस्तानको मुरिदके, पंजाब प्रान्त
३. जैश-ए-मोहम्मद
संस्थापक अध्यक्ष: मौलाना मसूद अज़हर
नागरिकता: पाकिस्तान
स्थापना: सन् २०००
मुख्यालय: बहावलपुर, पंजाब, पाकिस्तान
उद्देश्य: पहिला कश्मीरलाई भारतबाट छुट्याउने दोस्रो पुरै भारतमा इस्लामी शासन स्थापना गर्ने।
सिद्धान्त : “जिहाद” लाई अनिवार्य धार्मिक कार्य मानेर भारतमाथि युद्ध घोषणा
“गजवा-ए-हिन्द” को अवधारणाअनुसार, भारत इस्लामको अन्तिम युद्धस्थल हुने दाबी
चर्चित हमला:
पुलवामा बम आक्रमण (2019): भारतीय सुरक्षा बलमाथि आत्मघाती हमला, ४०+ जवानको मृत्यु
सन् २००१ मा संसद भवनमा आक्रमण
भारतीय सुरक्षाबल र आम नागरिक लक्षित IED विस्फोट, घुसपैठ
४. अंसार गजवत उल हिन्द
संस्थापक नेता: ज़ाकिर मूसा
नागरिकता: पाकिस्तान
स्थापना: २०१७ मा
पूर्व समूह: ज़ाकिर मूसा पहिले हिजबुल मुजाहिदीनको कमाण्डर थिए। पछि उनले त्यो संगठन छाडेर अल-कायदाको ग्लोबल जिहादी विचारधारा अनुसारको अलग्गै संगठन खोले ” अंसार गजवत उल हिन्द” ! नामको अर्थ हुन्छ “भारतमा इस्लामको विजयका लागि सहायकहरू” अर्थात गजवा – ए- हिन्द !
५. इन्डियन मुजाहिदीन
प्रमुख लक्ष्य :


