३० बैशाख २०८२, मंगलबार | May 13, 2025

रुस-युक्रेन युद्ध कहिले रोकिएला ?


83
Shares

एजेन्सी, ३० वैशाख । तीन वर्ष बितिसकेको छ रुस र युक्रेनबीचको युद्ध । दशौं हजारले ज्यान गुमाइसकेका छन् । तर, युद्ध अन्त हुने भएपनि कहिले हो स्पष्ट छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा वार्ता गर्ने बताइसके । यसको स्वागत गरेका छन् युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की । उनले आफू वार्ताका लागि पर्खिइरहेको पनि बताए । तर, कहिले होला वार्ता ?

रुस र युक्रेनबीचको वार्ताको भूमिबारे पनि विभिन्न आंकलन भइरहेको छ । कहिले तटस्थ भूमि साउदी अरबमा गर्ने भनियो त कहिले टर्कीमा ।

अमेरिका र रुसबीच लामो समय रोकिएको वार्ता साउदी अरबमा भएको थियो । जसकारण पनि रुस र युक्रेनबीचको वार्ता साउदीमै हुने अपेक्षा गरिएको थियो । तर, अहिले आएर टर्कीको नाम आएको छ । इस्लामिक विश्वमा टर्की र साउदीबीच नेतृत्वको प्रतिष्पर्धा छ । यसकारण पनि कुन भूमिमा पुटिन र जेलेन्स्कीबीच वार्ता हुन्छ त्यसले निकै अर्थ राख्छ ।

रुस जितेको भूमि फिर्ता गर्न चाहँदैन । क्रिमिया रुसले हडपेको १० वर्ष बितिसक्यो । अन्य भूमि पनि उसले फिर्ता गर्ने छाँटकाँट छैन । यसकारण शसर्त भनिएको वार्तामा केही अनौपचारिक कुराकानी बाँकी हुनसक्छन् ।

वार्ता भएपछि निर्णायक कुराकानी हुने बताइएको छ । यसकारण पनि केही लेनदेन र समझदारी बाँकी भएको हुनसक्छ । जुन दिन युद्ध रोकिने सम्झौता हुन्छ तब पुटिन र जेलेन्स्की वार्तामा बस्ने अवस्था बन्छ ।

प्रतिक्रिया