१९ बैशाख २०८३, शनिबार | May 2, 2026

भारतले न्युक्लियर ब्ल्याकमेल सहने छैन


166
Shares
नरेन्द्र मोदी: विगतका दिनहरुमा, हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिले, भारतीय जनताको तर्फबाट, म भारतका वीर सेना, सशस्त्र बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु । हाम्रा वीर सैनिकहरुले अपरेशन सिन्दूरका उद्देश्यहरु प्राप्त गर्न असीम साहस प्रदर्शन गरे । म उनीहरुको बहादुरी,साहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु ।
साथीहरु,
अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरुले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दोष नागरिकहरुको परिवार र उनीहरुका बच्चाहरुको सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो । यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो । मेरो लागि व्यक्तिगत रुपमा यो निकै नै पीडादायी थियो । यो आतङ्कवादी हमला पछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल, एकजुट भएर आतङ्कवाद विरुद्ध कडा कारबाहीको लागि उभिए । आतङ्ककारीहरुलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौं । र आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरुको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको छ ।
साथीहरु,
अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरु र उनीहरुका ता�

प्रतिक्रिया