२९ बैशाख २०८२, सोमबार | May 12, 2025

२५६९औं बुद्ध जयन्ती मनाइदै


830
Shares

काठमाडौं, २९ वैशाख । आज बुद्ध जयन्ती । २५६९औं बुद्ध जयन्ती सँसारभर मनाइदैछ ।

बुद्धलाई शान्ति, सत्यता, अहिंसा अनि सरलताका आदर्शपुरुष मानिन्छ । बुद्धको संस्कृत शब्दको अर्थ जाग्नुहुन्छ । बुद्धको जन्म नेपालको कपिलवस्तुमा भएको थियो । उनले गयामा ज्ञान प्राप्त गरेका थिए ।

बुद्धलाई भगवान मान्नेहरु दशौं करोडको संख्यामा छन् । हिन्दू धर्मालम्बीले पनि बुद्धलाई भगवान मान्दछन् । भगवान विष्णुको दशौं अवतारका रुपमा बुद्धलाई मानिएको छ ।

बुद्ध धर्मालम्बीहरु थाइल्यान्ड, जापान, श्रीलंका, भुटान, बर्मा, लाओस, कम्बोडिया, मंगोलियामा बहुसंख्यामा छन् । कम्बोडिया, बर्मा, भुटान र श्रीलंकाको राष्ट्रधर्म नै बुद्ध हो । थाइल्यान्ड, लाओस, मँगोलिया र जापानमा बुद्ध धर्मलाई विशेष स्थान दिइएको छ ।

भियतनाम, चीन, सिंगापुर, ताइवान, दक्षिण कोरिया, नेपाल, भारत, हङकङलगायत देशमा बुद्धमार्गीको उल्लेख्य संख्या छ ।

प्रतिक्रिया