२९ बैशाख २०८२, सोमबार | May 12, 2025

रुस-युक्रेनबीच युद्धविरामको संकेत


249
Shares

एजेन्सी, २८ वैशाख । रुस र युक्रेनबीच युद्धविरामको संकेत देखिएको छ । रुसले युक्रेनसँग सिधा कुरा गर्ने भएबाट यस्तो संकेत देखिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा वार्ता गर्ने बताएका छन् । उनले छोटो समयका लागि युद्धविराम गर्ने नभई निर्णायक वार्ता गर्ने बताए । युक्रेनले रुससँग कुराकानी गर्ने सकारात्मक जवाफ दिइसकेको छ ।

रुस र युक्रेनबीचको युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूमिका खेल्दै आएका छन् । उनले युक्रेनमाथि दबाब बढाएका छन् । ट्रम्पले पुटिनको सिधा कुरा गर्ने घोषणाप्रति सकारात्मक जवाफ दिएका छन् ।

रुस र युक्रेनबीच तीन वर्षयता युद्ध छ । यसले यूरोपमा सबैभन्दा ठूलो संकट आएको छ ।

प्रतिक्रिया