पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतको कडा चेतावनी

एजेन्सी, २८ वैशाख । भारत र पाकिस्तानबीच युद्धविराम भएपनि सीमा क्षेत्रमा हमला भएको छ । पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भन्दै भारतले कडा चेतावनी दिएको छ ।
भारतका विदेशमन्त्री विक्रम मिश्रीले प्रेस ब्रिफिङमार्फत् युद्धविराम उल्लंघनबारे पाकिस्तानलाई जानकारी दिएर आवश्यक कदम चाल्न भनेको बताए । पाकिस्तानले बारम्बार युद्धविराम उल्लंघन गरेर गतिविधि चलेको भन्दै भारतले त्यसका जवाफ दिने चेतावनी दिएको दिएको छ । मिश्रीले सुरक्षाफौजलाई आवश्यक कदम चाल्न निर्देशन दिएको बताए ।
पाकिस्तानले अमृतशर, श्रीनगरलगायत सीमा क्षेत्रका शहरहरुमा गोलाबारी गरेपछि शतर्क रहन साइरन बजेको थियो । कतिपय शहरमा सुरक्षाका लागि ब्ल्याकआउट गरिएको थियो ।
शनिबार पाकिस्तानी सैन्य अपरेशनका महानिर्देशकले भारतीय महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गरेपछि युद्धविराम भएको थियो ।
२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा अखडा बनाएर बसेका आतंककारीमाथि हमला सुरु गरेको थियो । बुधबारबाट सुरु भएको आक्रमण युद्धविरामसँगै स्थगित भएको जनाइएपनि तनाव कायमै छ ।