२६ बैशाख २०८२, शुक्रबार | May 10, 2025

पाकिस्तानले गैरसैनिक विमानलाई युद्धको ढाल बनायोः भारत


1.5k
Shares

एजेन्सी, २६ वैशाख । जब युद्ध हुन्छ तब गैरसैनिक विमानलाई बन्द गरिन्छ । हवाई हमलाहरुमा झन् अनिवार्य रहन्छ त्यो । तर, पाकिस्तानले त्यसो गरेन । उसले युद्धमा ढालका रुपमा गैरसैनिक विमानको प्रयोग गर्न थालेको छ ।

भारतले हवाई हमलालाई तिव्रता दिएपछि पाकिस्तानले यात्रुवाहक विमानलाई ढालका रुपमा प्रयोग गरेको भारतले प्रेस ब्रिफिङमार्फत् खुलाएको छ । ड्रोन र मिसाइल हमला असफल भएपछि पाकिस्तानले गैरसैनिक हवाई उडान बन्द नगरेको भारतले जनाएको छ ।

प्रेस ब्रिफिङमा विङ कमाण्डर भोमिका सिंह र कर्णेल सोफिया कुरेसीले पाकिस्तानले हवाई प्रतिरक्षाका बखत पनि कराँची र लाहोरको बीचमा गैरसैनिक उडानलाई जारी राखेको प्रमाणसहित देखाएका थिए । कुरेसीले अन्तर्राष्ट्रिय सीमा रेखामा पाकिस्तानी सेनाले वायुक्षेत्रको कैयनपटक उल्लंघन गरेको बताइन् । घूसपैठको सयौंपटक प्रयास भएको समेत जानकारी दिइन् ।

भारतले भने हवाई हमलाका क्रममा गैरसैनिक विमानको उडान रोकेको थियो । उसले गैरसैनिकको सुरक्षामा बढी ध्यान दिएको छ ।

यसैगरी, पाकिस्तानले युद्धमा टर्कीमा बनेको सोनगर ड्रोनको प्रयोग गरेको भारतले खुलाएको छ । भारतका विदेशसचिव विक्रम मिस्रीसहित दुई सैन्य अधिकारी उपस्थित भएर यसबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया