१७ जेष्ठ २०८२, शुक्रबार | May 30, 2025

काँग्रेसले भन्योः आतंकवादको खिलापको कारबाही जायज


415
Shares

काठमाडौं, २६ वैशाख । नेपाली काँग्रेसले आतंकवादविरुद्धको कारबाहीलाई जायज भनेको छ । काँग्रेस नेता डा. प्रकाशशरण महतले शुक्रबार भारत-पाकिस्तान द्वन्द्वमा पार्टीको धारणा स्पष्ट पार्दै यस्तो बताएका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि डा. महतले काँग्रेसले सधै आतंकवादविरुद्ध रहेको बताउँदै भने, ‘आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं ।’ आतंकवादलाई कसैले प्रश्रय दिननहुने भन्दै उनले पाकिस्तानतर्फ इंकित गर्दै आतंकवादलाई निरुत्साहित गर्नेतर्फ सधै साथमा रहेको बताए ।

पहलगाममा एक नेपालीसहित २६ जना मारिएको घटनाको विगतमा नै निन्दा गरेको स्मरण गराए । उनले शान्तिको कामना पनि गरे ।

प्रतिक्रिया