२६ बैशाख २०८२, शुक्रबार | May 9, 2025

भाजपा नेता कोशियारी राजनीतिक भेटमा


415
Shares

काठमाडौं, २६ वैशाख । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी राजनीतिमा भेटमा व्यस्त छन् । उनले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र माओवादी अध्यक्ष प्रचण्डसँग भेटेका छन् ।

कोशियारीले सबै भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी गरेको बताइएको छ । कोशियारीले शुक्रबार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तय छ ।

बिहिबार कोशियारीले विहानै पशुपतिनाथको दर्शन गरेका थिए । उनी धार्मिक कार्यक्रममा सहभागी भएर शनिबार भारत फर्कने भएका छन् ।

नेपालबारे जानकार कोशियारी यहाँका नेताहरुसँग निकै परिचित छन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

प्रतिक्रिया