डा केसी माथिको अदालतको अवहेलना मुद्दामा आयो यस्तो आदेश

काठमाडौं, २२ वैशाख । नेपाली पेनका प्रधानसम्पादक डा. दीपेश केसीमाथि अदालतको अवहेलना मुद्दामा धरौटीमा रिहा गर्ने आदेश आएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई किन भेटे ? शीर्षकको समाचारमा दायर मुद्दामा आइतबार नै बयानपछि आदेश जारी भएको हो । २०८१ मा दायर मुद्दामा पनि आदेश जारी भएको छ ।