२६ जेष्ठ २०८२, आइतबार | June 8, 2025

एसईईको नतिजा समयमै आउला ?


498
Shares

काठमाडौं, २२ वैशाख । यसवर्ष शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा १० दिन पछि धकेलियो । एसईईको उत्तर पुस्तिका परीक्षण पनि केही ढिलो भयो ।

आन्दोलनबाट शिक्षक ब्याक भएसँगै उत्तर पुस्तिका परीक्षण हुन थालेको छ । ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरु परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२० दिन ढिलो गरी उत्तर पुस्तिका परीक्षण सुरु भएको छ । अबको १५ दिनमा परीक्षण हुनेछ । यसपछि समयमै परीक्षाफल प्रकाशित गर्ने प्रयास हुने बुझिएको छ । तर, जेठभर आन्तरिक प्रक्रिया गर्न समय लाग्ने भएकाले नतिजा ढिलो हुनसक्छ ।

परीक्षा बोर्डले असार ७ गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेकोमा २० दिन ढिलो भएकाले नतिजा पनि केही हप्ता ढिलो हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया