१७ बैशाख २०८२, बुधबार | May 1, 2025

किन आए भाजपा नेता चौथाइवाले


498
Shares

काठमाडौं, १७ वैशाख । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीन दिने नेपाल भ्रमणमा आएका छन् । बुधबार काठमाडौं आइपुगको उनले राजनीतिक भेटघाट सुरु गरेका छन् ।

चौथाइवालेले बुधबार नै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन् । भेटमा परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि थिइन् । विगतमा आरजुले चौथाइवालेलाई राखी बानिदिएकी थिइन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तापक्ष र विपक्षका नेताहरुसँग भेट्ने तय छ ।

भारतका प्रभावशाली नेताहरुको नेपाल भ्रमण बाक्ला भइरहँदा चौथाइवाले नेपाल आएका हुन । यसअघि भारतका कृषिमन्त्री शिवराज सिंह चौहान र ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया