सडक आन्दोलनमा को को

काठमाडौं, १६ वैशाख । देशमा पेशाकर्मी देखि पीडितहरु सडक आन्दोलनमा छन् । सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानी केन्द्रित आन्दोलनका कारण जनजीवन प्रभावित छ ।
शिक्षकहरु सडक आन्दोलनमा उत्रिएको एक महिना हुन लाग्यो । उनीहरुले शिक्षा ऐन कार्यान्वयनको माग गरेका छन् ।
चिकित्सकहरु पनि आन्दोलनमा छन् । उनीहरुले पनि पेशागत हकहितको माग राखेका छन् ।
सहकारी र लघुवित्त पीडित पनि आन्दोलनमा छन् । सहकारी पीडितले बचत फिर्ताको माग राखेका छन् ।
विभिन्न माग राखी पीडित र पेशाकर्मी आन्दोलनमा उत्रिएपछि माग सम्बोधनको विषय सदनमा उठेको छ । तर, सरकार सुस्त गतिमा छ । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक आन्दोलन अन्त गर्न भन्दा पनि उक्साउने अभिव्यक्ति दिइरहेका छन् ।