नागरिक उड्डयनका प्रदीपको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, १५ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन् । एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
कर्मचारीले सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने दुई विधेयक फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा समेत गरेका छन् । नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले अधिकारी र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ को बिरोध गर्दै आएका छन् । कर्मचारीले ‘हवाई माफिया होसियार, प्राधिकरण विधेयक फिर्ता गर’ जस्ता नारा लगाए ।