१४ बैशाख २०८२, आइतबार | April 27, 2025

जिहाद पश्चिमाले सृजना गरेका हुन्ः पाकिस्तानी रक्षामन्त्री असिफ


332
Shares

एजेन्सी, १४ वैशाख । पाकिस्तानका रक्षामन्त्री खावजा असिफले जिहाद पश्चिमाले सृजना गरेको टिप्पणी गरेका छन् । उनले जिहादको सृजनाले पाकिस्तान समेत चुनौती भोगिरहेको बताएका छन् ।

रुसी मिडिया आरटीसँग शनिबार कुरा गर्दै असिफले भनेका छन्, ‘जिहादको सृजना नै पश्चिमले गरेको हो जसले पाकिस्तानको चरित्र नै परिवर्तन गरिदियो र अहिलेको अवस्थाको कारक बन्यो ।’ इस्लाममा जिहाद धर्मका लागि गरिने युद्ध मानिन्छ । यस्तो युद्धलाई मुसलमानले पवित्र कार्य ठान्दछन् ।

पाकिस्तानी समाजको सबै विचार नै जिहादको समर्थन गर्ने प्रकारले परिवर्तन भएको समेत बताए । यसमा अमेरिका र बेलायत जस्ता पश्चिमा देशको हात रहेको उनको भनाई छ ।

पाकिस्तानको नभई अमेरिका र पश्चिमाको युद्धमा सहभागी हुने विगतका शासकको निर्णयलाई गलत भने । अफगानिस्तानमा अमेरिकाको समर्थनमा भएको युद्ध, सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको युद्धमा पाकिस्तान सहभागी हुनुलाई पनि गलत भने ।

पाकिस्तान आफै आतंकवादीको मुख्य तारोमा परेकोमा भारतले आरोप लगाएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया