१२ बैशाख २०८२, शुक्रबार | April 26, 2025

पाकिस्तानका रक्षामन्त्रीद्वारा पश्चिमाका लागि आतंकवादीलाई सहयोग दिएको स्वीकार


1.7k
Shares

एजेन्सी, १२ वैशाख । पाकिस्तानका रक्षामन्त्री खावाजा असिफले आफ्नो देशले पश्चिमाका लागि आतंकवादीलाई सहयोग गरेको स्वीकारेका छन् । उनले क्षेत्रीय तनावका लागि पश्चिमाहरुको भूमिका कारक रहेको समेत बताएका छन् ।

शुक्रबार स्काई न्युजमा अन्तवार्ता दिर्दै पश्चिमा शक्तिलाई दशकौं देखि साथ दिन आतंकवादीलाई समेत साथ दिने फोहोरी खेल भएको बताए । विशेषगरी अमेरिका र बेलायतका लागि त्यस्ता फोहोरी खेल भएको उल्लेख गरेका छन् ।

रुसविरुद्ध, सेप्टेम्बर ११ पछिको युद्धमा सहभागी नभएको भए पाकिस्तान अहिलेको अवस्थामा झर्दैनथियो समेत भने । उनले सोभियत संघविरुद्ध तालिवानको लडाईंमा सहभागी हुनुहुन्नथियो समेत भने ।
काश्मिरमा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिइरहँदा पाकिस्तानी रक्षामन्त्रीको भनाई आएको हो ।

प्रतिक्रिया