११ बैशाख २०८२, बिहिबार | April 24, 2025

काश्मिरमा तीर्थयात्रीको हत्या गर्ने योजनाकारलाई कल्पनाभन्दा ठूलो सजाय दिने मोदीको चेतावनी


498
Shares

एजेन्सी, ११ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाका योजनकारलाई उनीहरुको कल्पनाभन्दा ठूलो सजाय मिल्ने चेतावनी दिएका छन् । उनले कुनैपनि हालतमा योजनाकारलाई सजाय दिने बताएका हुन् ।

बिहिबार विहार पुगेर मोदीले आतंकवादीलाई माटोमा मिलाइदिने समेत बताए । उनले भने, जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाबाट भारतको आत्मामाथि हमलाको दुष्प्रयास भएको छ । यो हमलाको योजनाकारको उसको कल्पनाभन्दा ठूलो सजाय मिल्नेछ ।

निर्दोष मानिसहरुलाई निर्ममतापूर्वक मारिएकोमा सिंगो भारत दुःखी भएको बताए ।

९ वैशाखमा पहलगाममा तीर्थयात्रीलाई गोली हानेर मुसलमान आतंकवादीले मारेका थिए । घटनामा २६ जना मारिएका थिए ।

प्रतिक्रिया