११ बैशाख २०८२, बिहिबार | April 24, 2025

अतिवादी मुसलमानबाट सुदीपको हत्या विपिन अझै वेपत्ता


2.2k
Shares

काठमाडौं, ११ वैशाख । अतिवादी मुसलमानको तारोमा नेपालीहरु पर्ने क्रम बढेको छ । हालैमात्र अतिवादी मुसलमानले भारतमा हत्या गरेका २६ जनामध्ये बुटवलका सुदीप न्यौपाने पनि हुन् ।
काश्मिरमा आतंकवादी हमलामा २७ वर्षीय सुदीपलाई गोली हानी हत्या गरिएको थियो । उनी आमाबाबुलाई लिएर तीर्थ गएका थिए ।

मुसलमान अतिवादीले छानी छानी टाउकोमा गोली हानेको घटनाको सर्वत्र निन्दा भएको छ । काश्मिरमा तीर्थ जानेहरु बेला बेलामा आतंकवादी हमलामा पर्ने गरेका छन् ।

उता हमासले वेपत्ता बनाएका नेपाली नागरिक विपिन जोशीको स्थिति अझै अज्ञात छ । उनी झण्डै दुई वर्षयता वेपत्ता छन् । कृषि विज्ञानका विद्यार्थी जोशीबारे धेरै खोजबिन भएको भनिएपनि कुनै नतिजा आउन सकेको छैन ।

इजरायलमा कृषिबारे अध्ययन भ्रमणमा गएका विद्यार्थीको समूहमा थिए विपिन जोशी । १७ जनामध्ये १० जना अतिवादी मुसलमान समूह हमासको हमलामा मारिए । ६ जना जिवित रहेकोमा विपिन अपहरणमा परेका थिए ।

विगतमा इराकमा १२ नेपालीको घाँटी रेटी हत्या गर्ने पनि मुसलमान अतिवादी संगठन नै थियो । अन्सर अली सुन्ना नामको संगठनले नेपालीहरुको २००४ मा विभत्स हत्या गरेको थियो ।

प्रतिक्रिया