५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

राजावादीबीच भाँडभैलो किन


581
Shares

काठमाडौं, १० वैशाख । राजावादीहरु जति राजा फर्काउन आक्रामक रुपमा बढेका देखिन्छन् उति नै विवादको भूमरी तयार गरिरहेका छन् । राजा फर्काउने मुद्दा बोकेका दलहरु विभाजित छन् ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपालका अलावा केशरबहादुर बिष्ट, दुर्गा प्रसाईँलगायतले विभिन्न शक्ति बनाएर नेतृत्व लिइरहेका छन् । उनीहरु राजाको विश्वासिलो हुने होडवाजीमा छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोप्य या थाहा पाउने गरी राजावादीलाई भेट्दै आएका छन् । उनकै पहलमा राजावादी आन्दोलनको नेतृत्वकर्ता बनाइयो नवराज सुवेदीलाई । तर, उनलाई पनि सबैले स्वीकारेनन् ।

एकले अर्कालाई अस्वीकार गर्ने शैली पनि राजावादीको छ । लिङ्देन प्रसाईँलाई स्वीकार्न तयार छैनन् । लिङ्देनको दलमै धबल शमशेर राणालगायत फरक तरिकाले बढेका छन् । यसले उक्त दल कुनैपनि हालतमा समस्यामा पर्न सक्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अनेकन पात्रहरुसँग भेटेर राप्रपालाई वाइपास गर्न खोजेको विषय पनि नउठेका ेहोइन । शाहकै कारण राजावादबिीच भाँडभैलो छ ।

ह्वात्तै सडकमा असन्तुष्ट भीड जम्मा गरेका राजावादीले तीनकुने घटनापछि खासै शक्ति प्रदर्शन गर्न सकेका छैनन् । यसले पनि राजावादीबीच विवाद सतहमा आउन थालेको छ ।-File Photo

प्रतिक्रिया