९ बैशाख २०८२, मंगलबार | April 23, 2025

कक्षा १२ को परीक्षा सर्यो, २१ वैशाखबाट हुने


664
Shares

काठमाडौं, ९ वैशाख । कक्षा १२ को परीक्षा सरेको छ । शिक्षकहरु आन्दोलनमा भएका कारण राष्ट्रिय परीक्षा बोर्डले २१ वैशाखबाट गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा सार्न आग्रह गरेपछि २१ वैशाखबाट गर्ने निर्णय भएको हो । यसअघि ११ वैशाखबाट परीक्षा हुने तय भएको हो ।

प्रतिक्रिया