तीन सन्तानसहित अमेरिकी उपराष्ट्रपति भान्स दम्पत्तिको भारत भ्रमणको चर्चा

एजेन्सी, १० वैशाख । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको हालैको भारत भ्रमण चर्चामा छ । उनी सपरिवार भारत पुगेका थिए । ४० वर्षीय भान्सका तीन सन्तान छन् । उनीहरुले भारत भ्रमणमा चासो र चर्चा पाए ।
भान्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि तीन सन्तानलाई साथमै लगेका थिए । मोदीसँग भेट हुँदा भान्सका सन्तान सोफामा जिस्किएको भिडियो भाइरल छ ।
भान्सकी पत्नी उषा भान्स भारतीय मूलकी हुन् । याला ल स्कुलमा अध्ययन गरेका भान्स युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँगको ह्वाइटहाउसको पत्रकार सम्मेलनका बेला भएको विवाद पनि चर्चामा छ ।
भान्सले मोदीसँगको भेटमा दुई देशको सम्बन्धबारे कुराकानी गरेका थिए । भारतीय मूलकी पत्नी विवाह गरेकाले पनि ट्रम्पले उनैलाई भारत भ्रमणमा पठाएर कुटनीतिक चार्तुयता देखाए ।
भान्सले अक्षरधाम मन्दिरको दर्शन गरे । उनी ताजमहल पनि गए ।