९ बैशाख २०८२, मंगलबार | April 22, 2025

गभर्नर नियुक्ति किन हुन सकेन


332
Shares

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सरकारको हातमा मात्र सिमिति रहेन अब । एकातर्फ सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबीच नियुक्तिमा सहमति देखिएको छैन अर्कोतर्फ अदालतमा यो विषय पुगेको छ ।

नियुक्तिका लागि उमेरहद नराख्ने प्रावधान अदालतबाट रोकिएको छ । अर्कोतर्फ सहमति भइसकेको भनिएका पात्र गुणाकर भट्टविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनको नाम सिफारिश समेत भएको छैन मुद्दा अदालतमा पुग्यो । यसले पनि सत्तारुढ दलभित्रै सहमति बनिनसकेको बुझ्न सकिन्छ । अदालतले पनि यो मुद्दाको टुंगो लगाइदिएको छैन ।

गभर्नर नियुक्तिका लागि बनेको सिफारिश समितिमा रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । यसले पनि नयाँ तरंग ल्याएको छ ।

गभर्नर नियुक्तिको विवादले सत्ता गठबन्धन नै टुट्ने अनुमानहरु पनि गरिएका छन् ।

प्रतिक्रिया