किन बैंकक गए देउवा

काठमाडौं, ७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएका छन् । उनी आइतबार सपरिवार बैंकक उडेर पुगिसकेका छन् ।
देउवाको साथमा पत्नी आरजु राणा, छोरा जयवीर देउवा र बुहारी शिवानी श्रेष्ठ, स्वकीय सचिव भानु देउवा पनि छन् । देउवा स्वास्थ्य चेकजाँच र पारिवारिक भ्रमणका लागि बैंकक गएको बताइएको छ ।
देशमा सत्ता परिवर्तनका आशंका चलिरहँदा देउवाको बैंकक भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसमाथि उनको राजनीतिक गतिविधिमा भूमिका खेल्ने आरजु र भानु पनि साथमै छन् ।
देउवा बेला बेलामा बैंक जाने गरेका छन् । उनले दुई महिनाअघि भारत भ्रमण तय भइसकेकोमा रद्द गरेका थिए ।-File Photo