घन्टी पार्टी फुटको संघारमा

काठमाडौं, ५ वैशाख । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी फुटको संघारमा पुगेको छ । पार्टीभित्रको विवाद सुमना श्रेष्ठको सहमहामन्त्रीबाट राजीनामाले बाहिर आएको छ । सुमनाले लामिछाने सभापतिमा फर्किएकोमा आपत्ती जनाएको बुझिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको जिम्मेवारी कार्यवाहक बनाएर स्वर्णिम वाग्लेलाई दिनुपर्ने सुमनाको राय रहेको बुझिएको छ । वाग्ले समूहमा सुमनालगायत विगतमा एनजीओ चलाएकाहरु देखिएका छन् ।
यसै पनि रास्वपामा विराजभक्त श्रेष्ठहरुको फरक समूह पनि छन् । विभिन्न गुट हावी भएपछि रास्वपा संकटमा छन् ।
अर्कोतर्फ, रास्वपा फुटको संघारमा पुग्नुमा बालेन साह पनि कारण हुन् । साहले रास्वपाका केही नेतासँग हिमचिम बनाएर प्रभाव बनाउन खोजेका छन् । बालेन नेतृत्वमा रास्वपाका लोकप्रीय पंक्ति जाने तयारी गरिरहेका छन् ।
२०८४ को चुनाव अघि नै रास्वपामा निकै ठूलो उथलपुथलको घटना हुने देखिएको छ । हर्क साम्पाङले पनि केहीलाई आफ्नो बनाउन खोजिरहेका छन् । यसरी घन्टी पार्टी फुटको संघारमा पुगेको छ ।