६ बैशाख २०८२, शनिबार | April 19, 2025

हिन्दू समाजको शोभायात्रालाई कोबाट कहाँ कहाँ अवरोध


830
Shares

काठमाडौं, ४ वैशाख । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो ।

छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ ।

यसअघि जनकपुरमा रामजानकी शोभायात्रामा पनि मुस्लिम अतिवादीबाट अवरोध भए । सर्लाही, रौतहट, नेपालगञ्जमा पनि हिन्दूहरुको धार्मिक कार्यक्रमलाई बाधा गरिएका छन् ।

महोत्तरीमा सरस्वती मूर्ति बिसर्जनमा अवरोध गरिएको थियो । तेलिया पोखरीमा एक दिन अगावै खसीको टाउको काटेर फालिएको थियो ।

नेपाली सेनाबाट माग गरिएको भर्नाको सूचनालाई धर्मनिरपेक्ष नभएको आरोप लगाउने कार्य पनि इस्लामिक संघले गरेको थियो ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले मुस्लिम समुदाय अल्पसंख्यक भन्ने तर मुहर्रम लगायतका इस्लामिक कार्यक्रममा नाङ्गो हातहतियार सहित उफ्रन पाउनुपर्ने भन्ने गरेका छन् ।

प्रतिक्रिया