२८ भाद्र २०८२, शनिबार | September 13, 2025

सुदन किराँतीको पालामा ‘कात्रोमा कमिशन’, शवदाह मेसिन काण्ड


1.3k
Shares

काठमाडौं, ४ वैशाख । देशमा भ्रष्टाचार यति बढिसकेको छ कि कात्रोमा पनि कमिशनको खेल हुन्छ । इमान जमान हराएपछि जे पनि हुन्छ । त्यस्तै भएको छ सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा ।

तत्कालीन पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं संस्कृतिमन्त्री सुदन किरातीको पालामा भएको विद्युतीय शवदाह मेसिन खरिदमा भ्रष्टाचार भएको आशंकामा छानविन बढेको छ । आयोगले विद्युतीय शवदाह गृहमा भ्रष्टाचार भएको विषयमा छानबिन थालेको हो।

किराती अध्यक्ष हुँदा पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा विद्युतीय शवदाह गृहमा ४ थान फर्नेश र एउटा जेनेरेटर खरिद गरिएको थियो। विद्युतीय शवदाह गृहमा जडान गरिएको उक्त मेसिनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको हो। उक्त कार्यमा तात्कालीन मन्त्री किराती पनि अनुसन्धानको दायरामा तानिने सम्भावना रहेको अख्तियार स्रोतको दाबी छ।

‘कात्रोमा कमिसन’ भनेझैं पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहका लागि आवश्यक पर्ने फर्नेश र जेनेरेटर मेसिन खरिदमा अनियमितता गरेको अख्तियारको प्रारम्भिक निष्कर्ष छ।

विद्युतीय शवदाह गृहमा भएको अनियमितता अख्तियारले बयान लिन सुरू गरेको हो। पशुपति क्षेत्र विकास कोषसँग अख्तियारले पटकपटक विद्युतीय शवदाह गृहमा जडान गरिएको मेसिनको विवरण मागेको देखिन्छ। यसमा कोषले समेत सम्झौतालगायतको कागजात उपलब्ध गराएको पाइन्छ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी काण्ड सेलाउन नपाउँदै विद्युतीय शवदाह गृहको काण्ड सतहमा आएको छ। यसले पशुपतिनाथ र पशुपति क्षेत्र विकास कोषमा अर्को तरंग आउने देखिन्छ।

प्रतिक्रिया