६ बैशाख २०८२, शनिबार | April 19, 2025

हिन्दू समाजमाथि आक्रमण हुँदा सांसद देखि मेयरसम्म किन बोल्दैनन्


1.1k
Shares

काठमाडौं, ४ वैशाख । वीरगञ्जमा हनुमान जयन्तीमा शोभायात्रा निकाल्दा छपकैयामा पुगेपछि मस्जिदबाट ढुंगा प्रहार भयो । यो घटनाले भिडन्तको स्थिति बन्यो । स्थानीय प्रशासनले कफर्यु आदेश नै जारी गर्यो । वीरगञ्ज पूर्णत शान्त बन्न सकेको छैन ।

हिन्दूको शोभायात्रा स्थगित छ । हिन्दूराष्ट्र जागरण अभियानले ३ वैशाखमा विज्ञप्ति निकालेर शोभायात्रा जहाँ रोकिएको हो त्यहींबाट सुरु गर्न पाउनुपर्ने माग राखेको छ । निर्दोष हिन्दु युवालाई पक्राउ गरिएकोमा आपत्ती जनाइसकेको छ । विश्व हिन्दू परिषदलगायत संस्थाले पनि घटनामा हिन्दू समाजमाथि भएको प्रहारको विरोध गरेका छन् । तर, जनप्रतिनिधिहरु हिन्दू समाजमाथि भएको प्रहारमा केही बोल्दैनन् किन ?

पर्साका सांसदहरु देखि प्रदेश सांसद अनि स्थानीय निकायका जनप्रतिनिधिको बोली बन्द छ । बरु मुस्लिम समुदायका जनप्रतिनिधि आफ्नो पक्षमा बोलेका छन् । हिन्दूको मत लिएर सांसद, मेयर, उपमेयर अनि वडाका प्रतिनिधि बनेकाहरुको मौनता रहस्यमीय छ ।

मधेशमा एकपछि अर्को गरी हिन्दू समाजमाथि आक्रमण भइरहेको छ । विगतमा पदि दुर्गापूजा सरस्वती पूजामा आक्रमण भयो । तर, मधेशका नेताहरु मौन हुने गरेका छन् । उनीहरुले हिन्दूको मत त लिए तर हिन्दू समाजमाथि भएको आक्रमणको विरोध गर्ने हिम्मत गरेनन् ।

देशभरका कुनैपनि प्रतिनिधि सभा सदस्यले पनि हिन्दू समाजमाथि भएको वीरगञ्जको घटनाको विरोध गरेका छैनन् । हिन्दूराष्ट्रको मुद्दा उठाएको राप्रपा पनि बोलेन । उसका सांसदहरु पनि मौन छन् ।

हिन्दूहरुको मत अझैपनि काँग्रेस, एमाले, माओवादी मधेशवादीलाई नै जाने गरेको छ । उनीहरु धर्मनीरपेक्ष पक्षधर छन् । उनीहरु हिन्दूको मत लिन्छन् तर हिन्दूलाई अन्याय पर्दा बोल्दैनन् । उपेन्द्र यादवले त राष्ट्र र धर्म फरक हो भनेर बोलेका छन् । यसले पनि चासो बढाएको छ ।

प्रतिक्रिया