ओली सरकार धरापमा परेपछि…

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्दै गएको छ । सरकार संकटमा परेको सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेताहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । डा. शेखर कोइराला र उनका विश्वासपात्रहरु पनि वर्तमान सरकारको आलोचनामा उत्रिएका छन् ।
सरकारबाट भएका नियुक्तिमा लेनदेन देखिएको भन्दै आलोचना चलेको छ । पछिल्लोपटक गभर्नर नियुक्तिमा विवाद छ । एमाले र काँग्रेसबीचको विवादले यो विषयले सरकार नै संकटमा पर्न सक्ने देखिन्छ ।
बजेट निर्माण भइरहँदा मतभेद उत्तिकै छ । यसले सरकार धरापमा पर्दै गएको देखिन्छ । सरकार धरापमा परेको सन्देश प्रवाह भइरहँदा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सम्पर्क बढाएका छन् । दुवै नेताबीच भेटवार्ता बाक्लिएको छ ।
ओलीले काँग्रेसका प्रभावशाली नेताहरुसँग पनि भेट बाक्लो बनाएका छन् ।