३ बैशाख २०८२, बुधबार | April 16, 2025

ओली सरकार ढाल्ने खेल


1.2k
Shares

काठमाडौं, ३ वैशाख । माओवादी अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने आशयको अभिव्यक्ति नयाँ वर्ष अगावै दिएका थिए । प्रचण्डको यो अभिव्यक्तिले राजनीतिक तरंग आइरहेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले एकढिक्का भएको सन्देश दिए । तर, दुई नेताबीच कतिपय विषयमा विवाद चुलिएको छ ।

काँग्रेसका प्रभावशाली नेताहरु सरकारको विरुद्ध बोल्न थालेका छन् । यसरी बोल्नेमा प्रभावशाली नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा समेत छन् ।

गभर्नर नियुक्तिमा काँग्रेसले चासो बढाएको छ । देउवा आफूले भनेको व्यक्तिले गभर्नर पाउनुपर्ने अडानमा छन् । तर, खेल निकै पेचिलो बन्दै गएको छ । ६५ वर्ष कटेकालाई रोक्न अदालतबाट अन्तरिम आदेश जारी भइसकेको छ । यसले पनि घटना रोचक मोडमा पुगेको छ ।

सत्तारुढ काँग्रेस र एमालेबीच भागवण्डा चल्दै आएको छ । एमालेले धीतोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई लग्यो । नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य पनि एमालेको चाहना अनुसार कार्यकारी निर्देशक बने । काँग्रेस गभर्नरको दाबी छाड्ने पक्षमा छैन । एमाले पनि टसमस भएको छैन । यही विवादले सरकारमा सामेल दुई मुख्य दलमा खटपट चलेको छ ।

देउवालाई साथमा लिन प्रचण्ड सक्रिय भएका छन् । तर, ओली पनि देउवालाई फकाउँदैछन् । यो परिस्थिति कहिलेसम्म चल्ने हो चासो छ । यसले कुनैपनि बेला सरकार ढल्ने सम्भावना पनि बन्न सक्छ ।

प्रतिक्रिया