३ बैशाख २०८२, बुधबार | April 16, 2025

शिक्षक आन्दोलनले विद्यालय भर्ना देखि परीक्षा प्रभावित


498
Shares

काठमाडौं, ३ वैशाख । सामुदायिक विद्यालयमा २ वैशाखबाट नयाँ भर्ना सुरु हुनुपर्नेमा शिक्षक आन्दोलनले प्रभावित भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा भएकाले भर्ना सुरु हुन सकेको छैन ।

शिक्षकहरुको माग पूरा गर्ने सरकारको प्रतिवद्धता आएपनि आन्दोलनलाई निरन्तरता दिने पक्षमा छन् । यसले ११ वैशाखबाट तय भएको कक्षा १२ को परीक्षा पनि प्रभावित हुन सक्नेछ ।
शिक्षकहरुले कक्षा १२ को परीक्षामा सामेल नहुने घोषणा गरेका छन् । यसले पनि विद्यार्थी अन्यौलमा छन् ।

प्रतिक्रिया