२ बैशाख २०८२, मंगलबार | April 16, 2025

कृषि मानव जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र –प्रधानमन्त्री केपी शर्मा ओली


166
Shares

हामी अनेक हिसाबले ट्रान्जिसनको फेजमा छौं । समाज तीव्र गतिमा परिवर्तन भइसकेको छ । कोलोनियल ऐरा पनि समाप्त भएको छ । सामन्तवाद पनि समाप्त भएको प्रायः छ तर त्यसका अवशेषहरु, त्यसबाट सिर्जित मानसिकताहरु छँदैछन्, त्यसले सिर्जना गरेका पछौटेपनहरु छँदैछन् । हामीले तिनलाई पराजित गर्नुपर्नेछ । म नेपालको कुरा गरौं, ६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ । तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ । कृषि सबैभन्दा बढी महत्वपूर्ण क्षेत्र हो । कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो । सबै मानिसलाई बाँच्नका लागि खानै पर्दछ । खाना कृषिबाट मात्र प्राप्त हुन्छ । त्यसो भएर कृषि पेशा अत्यन्त महत्वपूर्ण छ । तर यही पछाडि परेको छ । महत्वपूर्ण र ध्यान दिनुु पर्ने कुरा यो छ कि जुन सर्वाधिक महत्व छ, सर्वाधिक जनसंख्या लड्किएको छ, न्युन आयको क्षेत्र भएको छ । सर्वाधिक जनसंख्या त्यसमा आबद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मेहनत अनुसारको प्रतिफल छैन, त्यसको हामीले आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्न सकेका छैनौं । त्यसलाई उपयुक्त बजार पनि खोज्न सकेका छैनौं । यस्ता थुप्रै समस्याहरु छन् । मानव जातिका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि हो । तर, यो नै पछाडि परेको छ । त्यसकारण आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ । जनसंख्या यसरी वृद्धि भइराखेको छ कि तर अहिले अलिकति मत्थर भएको छ । तर पनि हाम्रोजस्तो कृषि प्रधान भनिएको ठाउँमा, जहाँ ६० प्रतिशत जनसंख्या कृषि पेशामा अल्झिएको छ, त्यस्तो देशमा पनि कृषिको अवस्था यस्तो हालतमा छ कि हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नु पर्ने अवस्था छ । पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन । तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ । यो बहुतै दुःखको कुरा हो । जसलाई हामी फेर्न चाहिरहेका छौं ।
अरु देशहरुको पनि स्थिति कमवेश त्यस्तै होला । कृषिमा धेरै ठूलो जनसंख्या अल्झिएको होला । मैले अघि नै भनिसकें, हाम्रोमा ६० प्रतिशत जनसंख्या अल्झिएको छ । कृषिको आधुनिकीकरण नभइकन सानासाना कृषि आधारित उद्योगहरुको विकास हुन सक्दैन । जबसम्म साना, मझौला, घरेलुु कृषिआधारित उद्योगहरुको विकास हुँदैन, तबसम्म रोजगारीको संकट पैदा भइरहन्छ । किनभने सबैभन्दा बढी रोजगारी त्यही अल्झिएको छ, त्यसलाई रोजगारी दिनुु पर्नेछ र त्यसलाई आयमूलक रोजगारी दिनुु पर्नेछ ।
हाम्रो देशबाट विदेश पलायन एउटा लहरजस्तो चलेको छ । किनभने रोजगारी पाएन मात्रै होइन, रोजगारी पाएका मान्छेको पनि जीविका रोजगारीले चलेन, त्यसकारण उनीहरु बाहिरिन्छन् । खाली विदेश जाने मात्रै होइन, आफ्नो थातथलो छोड्ने र अर्को नयाँ ठाउँमा जाने बेटर लाइफको र सहज जिन्दगीको खोजीमा बाहिर जाने चलिराखेको छ । दुुर्गमबाट सहजमा, सहजबाट शहरमा, शहरबाट ठूला शहरमा र ठूला शहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिराखेको छ । खेतवारी छ, त्यो भन्नुु मात्रै छ । त्यहाँको आम्दानीले अरु कुरा त छोड्दिऔं, खान लगाउन पुुग्दैन भने मान्छे कसरी थातथलो भनेर भावनामा कसरी बाँच्न सक्छ, कसरी रहन सक्छ रु त्यसकारण त्योभन्दा बाहिर मान्छे कुद्छ ।
अर्को कुरा, अहिले जमाना नै एकखालको असन्तुष्टिप्रधान छ । एक खालको भावनामा बग्ने खालको छ । अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ । मान्छे असन्तुुष्ट छ, असन्तुुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युुलिङ गरेर अराजक तत्वहरु अस्थिरता ल्याउन खोज्छन् । व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छुु त्यही मान्नुुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन । उनीहरुसँग जनमत पनि छैन । जनमत हुने भए उनीहरु सरकार बनाउँन्थे, चुनाव लड्थे, चुनावबाट बहुुमत ल्याउन्थे, सरकारमा आएर परिस्थितिमा परिवर्तन ल्याउन्थे । तर उनीहरु त्यसो गर्न सक्दैनन् । परिस्थितिमा परिवर्तन ल्याउने उनीहरुमा जनमत छैन । त्यसकारण सानो संख्याले अराजकता सिर्जना गर्ने र सानो संख्याले असन्तुष्टिलाई दुरुपयोग गर्ने र जनतामा रहेको असन्तुष्टिलाई दुुरुपयोग गर्ने र त्यस दुुरुपयोगलाई क्षणिक आन्दोलनको रुपमा ल्याउने । उनीहरुलाई कहाँ पुुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन । कतिपय देशहरुमा अझ झिनामसिना आवाजहरु प्रतिगमनमा पनि सुनिन थालेका छन् । उतै फर्किनुुपर्छ भन्ने । नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोचहरु, प्रवृत्तिहरु, मागहरु केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छेहरु त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ । उनीहरुसँग पनि जनमत छैन । तिनीहरु मेक्सिमम् देआर अराउण्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्टिे«न्थ फाइभ पर्सेन्ट, दे वान्ट टुु चेन्च सिस्टम एण्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टुु चेन्ज द गर्भमेन्ट । दे वान्ट टुु क्याप्चर द पावर । त्यसो भएको हुनाले त्यस्ता कुराहरुको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरुमा अराजकताहरु देखिएको छ । डेस्टिनेशन के हो भन्दा अन्तिममा गएर उही चुनावमा पुुग्नुुपर्छ । त्यही निर्वाचनमा नपुुगी धरै छैन कुनै हिसाबले पनि । जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्वहरु साइडमा लाग्छन् । किनभने तिनीहरु पपुलर तत्व हुन सक्दैनन् । तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ । केही पनि छैन । उनीहरुको गन्तव्य नै केही छैन । एनार्किजम् एण्ड क्याप्चर द पावर, त्यति हो । त्यसकारण यस्ता प्रवृत्तिहरु पनि देखा पर्छन्, अहिलेको समाज असन्तुुष्टि प्रधान छ । त्यसकारण यसलाई हामीले साकारात्मक ढंग र सोचका साथ भिजन दिएर बदल्न सक्नुुर्दछ । वि ह्याब टुु चेन्ज द करेन्ट सिचुएशन । बेसिकल्ली द इकोनोमी सिचुुएशन अफ आवर सोसाइटी । आर्थिक परिस्थितिमा परिवर्तन आयो र गरिबी निवारण भयो भने अरु कुराहरु ठीक लयमा आइहाल्छन् । तर भएका राजनीतिक परिवर्तन र उपलब्धिहरुलाई हामीले जनताको जीवनस्तरसँग जोड्न सकेनौं, जनताको जीवनस्तर उठाउने कुरामा जोड्न सकेनौं र जनतालाई केही पनि दिन सकेनौं, भोट खसाउने मात्रै अधिकार दियौं, अरु केही पनि दिन सकेनौं भने भोट खसाउने अधिकार पनि कहिले कहिले बाहुुबलीहरुले खोसिदिन्छन् र तिम्रो भोट पनि मै खसाउँछुु भनेर आफ्नै चलाउँछन् । त्यस्ता खालका परिस्थितिहरुबाट हामीले समाजलाई परिवर्तन गर्नुपर्ने छ । यसका निम्ति हामीले स्पष्ट दृष्टिकोण तय गर्नु पर्दछ । त्यो दृष्टिकोण कार्यान्वयन गर्न हामीसँग संकल्प हुनुुपछै र त्यो दृष्टिकोण कार्यान्वयन गर्न सक्छौं भन्ने ठान्नुपर्छ । जनता र जनता मात्रै इतिहासका निर्माता हुन् भन्ने कुरा विश्वास गरेर जनतामा जान सक्नुु पर्दछ । जनतालाई सचेत र संगठित गराउन सक्नुुर्छ ।
अहिले सहज र सरल स्थितिमा हामी पनि छैनौं । एउटा प्रगतिशील शक्ति, परिवर्तनकारी शक्ति, जनताको पक्षको शक्ति र एउटा देशभक्ति शक्ति सरकारमा छ । सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित छ । सरकारको नेतृत्व गरिरहेको छ । यो कुरा आन्तरिक र बाह्य विभिन्न प्रकारका नेपाल विरोधी, जनविरोधी र प्रगतिविरोधी शक्तिहरुलाई पाच्य भइराखेको छैन । उनीहरु यस स्थितिलाई सहन गर्न सकिराखेका छैनन् र अनेक प्रकारका हत्कण्डा मच्याउने, बद्नाम गर्ने, चरित्र हत्या गर्ने र राम्रा कामलाई ओझेल पार्ने, त्यतापट्टि चर्चा नै हुन नदिने र झुटा कुराहरु फैलाएर गोयबल्स थ्योरीमा उनीहरु जान चाहन्छन् । हामीसँग उनीहरु काममा प्रतिस्पर्धा गर्न सक्दैनन् र विचारमा पनि प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसकारण उनीहरु कुुप्रचारको माध्यमबाट भ्रम फिजाउने माध्यमबाट अरुलाई विस्थापित गरेर आपूm लोकप्रिय हुने र अरुको उचाई कसरी घटाउन सकिन्छ, त्यो घटाउने । भ्रमद्वारा घटाउने, आरोप लाञ्छनाद्वारा घटाउने र आफ्नो उचाइ बढी भएको सिद्ध गर्ने कोसिस गर्छन् । हाम्रा अनुुभव पनि त्यस्ता छन् । तर हामीले त्यसमा दृढतापूर्वक संघर्ष गर्नुपर्छ । आज हामी एउटा लामो यात्रा तय गरेर आयौं ।
म किसान संघका सञ्चालक साथीहरु, किसानहरुलाई र यसका नीतिनिर्माताहरुलाई भन्न चाहन्छुु, दुुुनियाँमा पशुुपालन भनेको पनि कृषिभित्र पर्छ । मानव जाति आधुनिकतामा प्रवेश गरेको कृषि र पशुुपालनबाटै हो । आधुनिकता त्यसैबाट प्रवेश गरेको हो । नत्र भने मान्छे जंगली युुगमा थियो । जंगली युुगबाट पशुुपालन युुगमा आयो । पशुुपालनबाट कृषिमा आयो । पशुुपालन युुगमा १५ हजार वर्ष अगाडि आयो भने कृषिमा १२ हजार वर्ष अगाडि आयो होला । १२ हजार वर्षदेखि हामी यसै क्षेत्रमा काम गरिराखेका छौं, बेसिकल्ली कृषिको क्षेत्रमा काम गरिराखेका छौं । जीविकाका लागि त कृषि चाहिन्छ । यसमा हरेकले काम गरिराखेका छन् । यतिका वर्षदेखि हामी कृषि गरिराखेका छौं तर कृषिमा पछाडि छौं ।
अमेरिकामा सन् १९३० को आसपास वा दशकतिर ग्रिन रिभोलुसन द एग्रिकल्चर फिल्ड आयो । यो सन् १९६५ देखि सन् १९६८ को बीचमा आयो होला । भारतबाट हामी कहाँ आउन खुला सीमाना छ, अरु सबै कुरा पस्छ तर आधुनिकता पसेन । मोर्डनाइजेशन अफ एग्रिकल्चर इज नट इन्टर इन टुु नेपाल । त्यसकारण अहिले हामीले यसलाई बदल्नुु पर्नेछ र कृषिलाई आधुनिकीकरणमा लानुु पर्नेछ । कृषिले उद्यमशीलता पनि बढाउँछ । उद्यमशीलताले रोजगारीका अवसरहरु पनि सिर्जना गर्दछ । उद्यमशीलताले इनकम जेनेरेट गर्छ । त्यसले मनी ट्रान्जेक्सन बढाउँछ, त्यसले आम्दानी राम्रो भयो भने उसको आयव्ययको स्थितिलाई बचतको स्थितिमा पुु¥याउँछ । त्यसो भएपछि गरिबीको निवारण हुन्छ । हामीले खोजेको गरिबीको अन्त्य र समृद्धि हो । पहिलो गरिबीको अन्त्य र समृद्धि । निरपेक्ष गरिबीको रेखामुनी बढी जसले उत्पादन गरेका छन्, जो कृषि क्षेत्रमा आधारित छन् । यस स्थितिलाई हामीले बदल्नुु छ । यसका लागि यो अधिवेशनले, यो एउटा औपचारिकता मात्रै होइन कि यो एउटा नीति निर्माणको वर्कशप हो । यसले कार्ययोजना तुर्जमाको, कार्यक्रम तर्जुमाको, प्लानिङ कसरी गर्ने यसको आधुनिकताको, त्यसको योजनाको । त्यसका निम्ति योजना, नीति र कसरी गर्ने भन्ने कुराहरुको विधिका लागि यो क्षेत्रीय कन्फरेन्स अत्यन्तै महत्वपूर्ण र सफल हुन सकोस्, आफ्नो आफ्नो देशको परिस्थिति अनुसार । वी क्यान नट कपी इचअदर बट वी क्यान लर्न इचअदर । यसलाई हामीले नक्कल गर्न सक्दैनौं । अर्को देशमा हाम्रो जस्तै गर भन्न पनि सकिंदैन । अथवा अर्कोले गरेको जस्तै गरौं र सफल होऔं भन्न पनि सकिंदैन । किनभने हरेक देशको परिस्थिति फरक हुन्छ, फरक ढंगले हामी अगाडि बढ्नुुपर्ने हुन्छ नै । झण्डैझण्डै भन्ने हो भने साउथ एसियाको परिस्थिति झण्डैझण्डै उस्तै छ । त्यसो भएको हुनाले उस्तै उस्तै नीति र व्यवहार पनि हुनसक्छन् अवस्थामा परिवर्तनका लागि । यी कुराहरुमा तपाईंहरुले सफलता प्राप्त गर्नु हुन्छ भन्ने मैले विश्वास गरेको छुु । यस कुराले र यसका निम्ति चेतना बढाउने र जागरण अभिवृद्धि गर्ने कुराले, जनजागरण ल्याउने कुराले थुप्रै कुराहरुमा परिवर्तन ल्याउँछ । जस्तो, आजको अत्यन्तै वर्निङ इस्युु भएको छ वातावरणको । आज सि लेबल राइजका कुराहरु उठिराखेका छन्, ग्लोबल वार्मिङका कुराहरु उठिराखेका छन् । ग्ल्यासियर मेल्टिङ फ्रम द माउण्टेनका कुराहरु उठिराखेका छन् । हामी सबैभन्दा सपोर्ट गरिराखेका छौं । ग्लोबल वार्मिङ, सि लेवल राइज, ग्ल्यासियर मेल्टिङ एण्ड आइस मेल्टिङ यी सबै कुरा एकार्कामा सम्बन्धित छन् । यसमा मैले धेरै जोड गर्ने गरेको छुु, यसमा हाम्रो लोकल एण्ड नेशनल इफोर्ट आवश्यक छ । तर, त्यो मात्रै होइन, यसका लागि रिजनल जोइन्ट इफोर्ट पनि आवश्यक छ ।
अहिले वातावरण प्रदुषित छ र हुन्छ । किनभन्दा दुुईवटा कुराले यहाँनिर सबैभन्दा बढी वातावरण प्रदुुषित भएको छ । काठमाडौँमा कहिले कहिले हेलिकप्टर प्लेन उडाउन नसकिनेगरी वातावरण खराब हुन्छ, किन रु एउटा वनजंगलमा भएको आगलागीबाट पैदा हुने धुुवा र त्यस आगलागीबाट धुुवासँगै उड्ने ससाना पाटिकल्स । ती पाटिकल्सले वातावरणलाई स्वास फेर्नै नसकिने स्थितिमा पुु¥याएका छन् । हेलिकप्टर किन चल्दैनन् भने ती पाटिकल्स इन्जिनमा जान्छ र त्यसले खराब गर्दिन्छ । प्लेनहरुलाई उड्न र अवतरन गर्न गाह्रो पर्छ । माथि गएपछि त्यति गाह्रो छैन । हाम्रो रिजनमा हामी सबैभन्दा धेरै धान र गहुँ खेती गर्छौ । त्योभन्दा पछि हामी त्यसको छ्वाली र पराल डडाउँछौं । त्यो पराल डडाएपछि कार्वन इमिसन बेस्सरी हुन्छ र कार्वन इमिसन सँगसँगै पैदा हुने त्यो पाटिकल्स उडेर जान्छन् । सेतो कपडा लगाएर बस्ने हो भने एकछिन् पछि ससाना पाटिकल्स त्यहाँ आफैँ देखा पर्छन् । ती चिजहरु फोक्सामा गएपछि मान्छेको स्वास्थ्य के हुन्छ रु यसपटक मलाई त्यस्तो भएको छैन, अब त्यस्तो सिजन आउँदै छ । गत वर्ष मलाई दुुई महिनासम्म खोकी लागेको लाग्यै भयो । वातावरण यति प्रदुुषित भयो कि यो कुरा मैले मात्रै छ्वालीमा आगो लगाउन छोडेर, छ्वाली डडाउन छोडेर हुँदैन । सबैले गरेर समाधान हुन्छ । यसका लागि रिजनल इफोर्ट चाहिन्छ । इरान, अफगानस्थान, इराकदेखि लिएर भारतका उत्तराखण्डदेखि गुजरात, राजस्थानदेखिको यहाँ आउँछ । हाम्रो भूूवनोट कस्तो छ भने हाम्रो हिमालको अवस्थितिलाई हेर्नु पर्दछ । उत्तरपश्चिमबाट पूर्व दक्षिणको साइडमा गएको छ । किनभने पश्चिमबाट आएको तातो हावालाई शितल बनाउनका लागि । यदि त्यो इष्ट वेयस्ट भएको भए त्यो हावा स्वाठ्ठै बगेर जान्थ्यो । त्यरकारण त्यसलाई फरम नर्थ टुु इष्ट । इष्ट टुु वेयस्ट, नर्थ टुु साउथ । त्यसरी माउन्टेनहरुको अवस्थिति छ । त्यसले गर्दा त्यो हावा ठोकिन्छ, कार्वन पनि ठोकिन्छ, पाटिकल्स पनि सँगै ठोकिन्छन् र हिउँ पर्ने देशहरुमा बाटो छेकिंदा नुन छर्किएर त्यो बाटो सफा गर्छन् । हामीले भनेको त्यो पाटिकल्समा के हुन्छभन्दा धुुँवाभन्दा बढी पाटिकल्स, एसिडिक पनि हुन्छ र सल्टिक पनि हुन्छ । सल्टिक र एसिडिक दुुईवटै पाटिकल्सहरु हिमालमा गएर ठोकिएपछि हिउँ स्वतः पग्लिन्छ । त्यहाँ घाम लाग्नुु पर्दैन । त्यसैले पगाल्छ । तसर्थ, वातावरणको सम्बन्धमा यी विषयहरु यस्ता छन् कि जसलाई ठूलो मात्रामा यस रिजनमा ठूलो मात्रामा रिजनलद्वारा नियन्त्रण गर्न सक्छौं । रिजनल प्रयासबाट नियन्त्रण गर्न सक्छौं । अब त्यसपछि सम्पन्न देशहरुले इमिसन गरेको कार्वन, अरु चिजहरु र समुद्रलाई बनाएको फोहोर, समुद्र र माउण्टेन एउटा साइकल हो । पहाडबाट, हिमालबाट हिउँ पग्लिएर पानी बगेर नदी र झरनाहरु हुँदै पानी आउँछ र फेरि चिसो हुँदै वर्षाको रुपमा परिणत हुन्छ र आइस भएर बस्छ । पत्रे माउण्टेनहरुमा र ढुुंगाले पानीलाई अब्जर गर्छ । त्यो पानी अब्जर गरेपछि विस्तारै विस्तारै थोपाथोपा गर्दै त्यो झर्दै जान्छ र मुल फुटेर आउँछ । यसरी हिमालहरुलाई जोगाउने हो भने वनजंगलमा आगलागी हुनबाट नियन्त्रण गर्ने, पराल र छ्वाली जलाउने कुरालाई अन्त्य गर्ने, बरु त्यसलाई जमिनमा ढाल्दियो भने त्यो आफैँ मलमा परिणत हुन्छ । त्यसलाई जोतेर पुरिदियो भने आफैँ मलमा परिणत हुुन्छ । यस्ता कुराहरुलाई हामीले खाली किसानको मात्रै होइन, किसानको उत्पादनमा मात्रै जोड होइन कि त्यो उत्पादनको थान्कोमन्को पराल र छ्वाली जम्मा गर्छौ, त्यसको राम्रो व्यवस्थापन नहुँदा पनि ठूलो मात्रामा यसको असर यहाँ परिराखेको छ । यसको असर नेपाललाई, भारतलाई, सिक्किमलाई, बंगलादेशलाई मात्रै पर्ने होइन अथवा पाकिस्तानलाई मात्रै पर्ने होइन । यसको असर सबैतिर पर्छ । २४ घन्टामा पृथ्वी घुुम्छ । त्यसकारण २४ घन्टामा पृथ्वी घुम्दाखेरी यसको आफ्नो तरिका छ, वायुुमण्डलसमेत घुुमिराखेको हुन्छ तर २४ घन्टामा रेडियसनहरुको कुरा हुन्छ, त्यसै गरी प्रदुुषित कुराहरु पनि २४ घन्टामा तिनको असर भइसकेको हुन्छ । यसर्थ यस्ता कुराहरुमा पनि हामी गम्भीर हुनुु जरुरी छ र यस्ता कुराहरुलाई हामीले हाम्रा कृषकहरुलाई सम्झाउन जरुरी हुन्छ । हाम्रो आफ्नै स्वास्थका लागि, छिमेकको स्वास्थयका लागि, स्थानीय समुदायका लागि, आफ्नो देशको स्वास्थ्यका लागि, आफ्नो रिजनको स्वास्थ्यका लागि र इन्टार ग्लोबको स्वास्थ्यका लागि, आजका लागि मात्रै होइन, फर आवर फ्युुचर जेनेरेशन । हाम्रो फ्युचर जनेरेशनको एक्जिट्यान्सलाई कसरी राम्रो राख्ने, कायम राख्ने र उनीहरुलाई हेल्दी बनाएर कसरी राख्ने भन्ने कुरा पनि हामी गर्न सक्छौं । सामान्य कुरामा पनि ध्यान दिंदा । त्यसकारण छ्वाली र पराल नजलाएर हामीले सामान्य कुरामा ध्यान दियौं भने यस्ता महत्वपूर्ण र जटिल कुराहरुको समाधान वा ठूलो योगदान हामी पुु¥यौं । त्यसो भएर हामीले यस चिजमा ध्यान दिनुु पर्ने आवश्यकता छ । यसका लागि साउथ एसियाको किसान फेडेरेशनले यस्ता प्रश्नहरुमा पनि ध्यान दिओस् ताँकी कसैले ठूलो हल्ला गर्छ तर कसैले हल्ला नगरिकन ठूला कामहरु गरिसकेको हुन्छ । कसैले थाहा नपाइकन माछाले पूmल पारेको जस्तो । अब कतिवटा संस्था कराइराखेका हुन्छन् । कुखुराले एउटा अण्डा पार्छ, एउटा अण्डा पारेपछि क्वा क्वा बेस्सरी कराउँछ, सबैलाई थाहा हुन्छ, अण्डा पारेछ भनेर । तर, माछाले अनगिन्ती पूmल पारेको हुन्छ तर चुपचाप हुन्छ, माछाले पूmल पारेको कसैलाई थाहा हुँदैन । हामी त्यस्तै गरेर गर्न सक्छौं । हल्लाखल्ला बिना हामी ठूलो कन्ट्रिब्युुसन गर्न सक्छौं, ग्लोबल्ली वातावरणीय प्रश्नलाई सम्बोधन गर्नका लागि हाम्रो ठूलो योगदान हुनसक्छ । हामी त दुुनियाँका अन्नदाता हौं, पालक हौ नि । ठूलाठूला कुरा गर्ने मान्छेहरु किसानको उत्पादन खाएरै, किसानको सागसब्जी, फलपूmल खाएरै बाँचेको हुन्छ । साना काम गर्ने र साना कुरा गर्ने मान्छे पनि तिनै चिज खाएर बाँचेको हुन्छ । किसानको त्यत्रो ठूलो महत्व छ कि किसानले संसार पालेको छ । अब हामीले संसारलाई स्वस्थ खाना वा अर्गानिक पूmडबाट पाल्नुु छ । पेट भर्नका लागि खाना होइन, स्वस्थ बनाउनका लागि खाना । त्यसका लागि किसानले शान्तसँग योगदान दिएका छन् । किसानले हामीलाई खाना खुवाए भनेर कुुन गोष्ठीमा को कराएको छ रु कराएका छैनन् । कोही पनि बोलेका छैनन्, कसैले कुरा गरेका छैनन् । उनीहरुले खुवाइरहेका छन्, ठूलो काम गरेका छन् । त्यस्तै गरेर हामी ठूलो काम गर्न सक्छौं । यी ठूला काम हुन् देख्दा केही जस्तो नलाग्ने । त्यसकारण त्यो बाटो हामीले समाउनुुपर्छ । त्यस दिशामा यस रिजनल कन्फरेन्सको ध्यान जाओस् ।
त्यसकारण धेरै क्षेत्रहरु छन्, जहाँ हामी दुनियाँका पालक हौं । यहाँ ब्रह्म, विष्णुु र महेश्वरका कुरा हुन्छ नि, ब्रह्म, विष्णुु र महेश्वरका तीनवटै स्वस्प किसान छन् । सृष्टिकर्ता पनि किसान छन्, बाली नउब्ज्या कहाँबाट हुन्छ, फलपूmल नउब्जाए कहाँबाट हुन्छ, सब्जी नलगाए कहाँबाट हुन्छ । दुनियाँको पालक पनि किसान छन्, हाम्रो परम्परा र मिथअनुुसार विष्णुुको अवतार पनि किसान हुन् । अलिकति तौजी मिलेन भने संघारकर्ता पनि हुँदो रहेछन्, छ्वाली डडाइदियो भने भ्याइदिन्छन् । त्यसकारण वी ह्याव टुु सेव द अर्थ, ह्युमन विसं । फर टुु डे एण्ड फर फ्युचर, फर अस, फर टुु डे जेनेरेशन, फर फ्यिुचर जेनेरेशन । त्यसकारण हामीले यस्ता कामहरु गर्न सक्छौं र यस्ता कामहरु गर्नुस् भन्ने मेरो आग्रह छ ।
केही वर्षमा फेरि एउटा औपचारिक ग्यादरिङ गर्ने, केही स्पिचहरु दिने, समय दिनेले चार मिनेटका लागि भन्ने तर वत्ताले १२ मिनेट बोल्ने यो टक अफ वार पनि नहोस् । त्यसकारण सिरियस एजेण्डामा हामी छलफल गरौं । आजका के के एजेण्डा सिरियस हुन सक्छन् । त्यसमा छलफल गरौं र निष्कर्ष निकालौं । ती निष्कर्षहरु सार्वजनिक गरौं र भनौं काठमाडौं डिक्लेरेशन मस्ट बी सच डकुुमेन्ट, ह्वोएर नो वडी क्यान इग्नोर । नीति निर्मातालाई सुुझाव दिऔं । यसरी हामी यस सम्मेलनलाई सफल पार्न सक्छौं भन्ने धारणा हो ।
अहिले किसानका अभियानहरु कमजोर भइराखेको छ । परिवर्तनका लागि प्रयासहरु कमजोर भइराखेको छ । यी परिवर्तनका लागिका प्रयासहरुलाई एकताबद्ध गरौं । हाम्रा अनुुभव, विचार, आइडियाले नयाँ गन्तव्य तय गरौं भविष्का लागि ।
किसान नेताहरुलाई मेरो यो सुझाव छ कि तपाईंहरु पहिले आपूm सचेत र सजग हुनुहोस् र अरुलाई पनि सजग बनाउनुस् । काठमाडौं घोषणापत्र आफ्ना आफ्ना देशका सरकारहरुलाई हस्तान्तरण गर्दा हुन्छ कि यस्तो खालका कुरा हामीले पास गरेका छौं, यी नीतिहरु लिएका छौं, यो भिजन हामीले प्रस्तुत गरेका छौं र आजका मुख्य समस्याहरुमा क्लाइमेट इस्युुमा हाम्रो योगदान यो हुुनसक्छ र हामी त्यो गर्छौ । सरकारले यी कुराहरुलाई नीति निर्माण गरेर अरुलाई पनि सामेल गरेर अगाडि बढोस् भन्ने सुुझावका साथ तपाईंहरुले आफ्ना आफ्ना सरकारहरुलाई दिन सक्नुुहुन्छ । नेपालमा पनि तपाईंहरुले यसमा पास गरेका जायज कुराहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहनेछ ।
९सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा ७ चैत, २०८१ मा सम्पन्न दक्षिण एसियाली किसान फेडेरेशनको दोस्रो सम्मेलनका अवसरमा व्यक्त गर्नुभएको मन्तव्यका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट सम्पादित विवरण०

प्रतिक्रिया