२६ बैशाख २०८२, शुक्रबार | May 9, 2025

शिक्षक आन्दोलनले के के प्रभावित


830
Shares

काठमाडौं, २ वैशाख । शिक्षक आन्दोलनले देशभरको शैक्षिक गतिविधि प्रभावित भइरहेको छ । लामो बिदाको समय भएपनि उत्तर पुस्तिका चेकजाँच देखि परीक्षाहरु प्रभावित हुन थालेका छन् ।

शिक्षकहरुले सेवासुविधा देखि शिक्षामा सुधारसहितको मागसहित राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुले कक्षा १२ को परीक्षामा सामेल नहुने घोषणा गरेका छन् । यसबाट परीक्षा नै प्रभावित हुने सम्भावना देखिएको छ ।

एसईईको उत्तरपुस्तिका जाँच्न सुरु भइसक्नुपर्नेमा भएको छैन । यसले एसईईको नतिजा प्रकाशन नै ढिलो हुने भइसकेको छ ।

कक्षा ११ को परीक्षा पनि नजिक आइरहेको छ । शिक्षक आन्दोलनले यसलाई पनि प्रभावित बनाउन सक्छ ।

प्रतिक्रिया