आमाको माया छात्रावासः नाम सम्मान नखोज्ने सेवाभाव

काठमाडौं, ३१ चैत्र । शनिबार आमाको माया छात्रावासको १५औं वार्षिकोत्वस मनाउँदा आर्मी अफिसर्स क्लबमा विशेष अतिथि थिए रामायणमा श्रीरामको भूमिका निभाउने अरुण गोविल । प्रमुख अतिथि थिए युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।
कार्यक्रम चल्दै गर्दा यो वर्ष आमाको माया छात्रावासले ३५० बाट ५०० विद्यार्थी पुर्याउने लक्ष्य सुनाइयो । केही बेरमा प्रतिविद्यार्थी छात्रावासका लागि वार्षिक २५ हजार लाग्ने र बालबालिकाका लागि आवश्यक खर्चका लागि सहयोगको आव्हान भयो । धमाधम दानवीरहरुले बालबालिकाको वार्षिक खर्च गर्ने घोषणा गर्न थाले ।
कसैले ३५ विद्यार्थीको वर्षभरीको खर्चको जिम्मेवारी उठाउने घोषणा गरे । कसैले २० त कसैले १५ अनि ५ । एकजना विद्यार्थीको खर्च उठाउने घोषणा गर्नेहरु धेरै निस्किए ।
उपकारीले न नाम खोजे न सम्मान । मात्र आफ्नै बालबालिका ठानेर खर्च गर्ने भए ।
हरेक हिन्दूले अर्को हिन्दूलाई आफ्नै परिवारको सदस्य ठान्नुपर्छ भन्ने मान्यता अनुसार चलेको छ जनजाति कल्याण आश्रमले चलाएको आमाको माया छात्रावास । जसरी आमाबाबु र आफ्ना बालबालिकाका लागि गरिएको खर्चवापत् कुनै सम्मान या नाम खोजिदैन त्यसरी नै छात्रावासमा गरिएको खर्चवापत्को सम्मान खोजिदैन ।
न नाम न सम्मान आमाको माया छात्रावासमा दानवीरहरुको दान चलिरहन्छ आफ्नै बालबालिका जसरी । उनीहरुको भविष्यको लागि ।
आमाको माया छात्रावासका जेहेन्दार बालबालिकालाई आफ्नो विद्यालयमा पठनपाठन गराउनका लागि अनुरोधहरु बढ्न थालेको छ । बालबालिका संस्कारयुक्त हुनुका साथै पढाईमा पनि अब्बल हुनुले त्यस्तो भएको हो । छात्रावासमा बसेकामध्ये कतिपय पीएचडी अध्ययन गर्दैछन् कतिपय सरकारको महत्वपूर्ण निकायमा पुगिसकेका छन् ।
कमजोर आर्थिक स्थितिका बालबालिकालाई आमाको माया छात्रावासले बस्ने खाने व्यवस्था गर्नुका साथै पठनपाठनको पनि व्यवस्था गर्ने गरेको छ । अनुशासनमा हुर्किने बालबालिकाहरुको प्रस्तुती पनि वार्षिकोत्वसमा हेर्नलायक थियो । जनजाति समुदायका बालबालिका खररर संस्कृति पढ्न र बोल्न सक्ने क्षमताका छन् । अवसर पाए गर्न सकिन्छ भन्ने देखाएका छन् उनीहरुले ।
यस वर्षबाट छात्रावासमा ५०० विद्यार्थी रहनेछन् । बढीभन्दा बढी जिल्ला र स्थानमा छात्रावास सञ्चालनमा हुनेछ २०८२ बाट । विद्यार्थीको संख्या पनि बढ्नेछ । भवनहरु पनि बढ्ने भएको छ । जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाको माया छात्रावास झन् झन् विस्तारित र प्रभावशाली बन्दै गएको छ ।